मेट्रो प्रहरीमा कपाल काट्ने प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं-महानगरीय प्रहरी कार्यालय-मेट्रो, रानीपोखरीमा कपाल काट्ने दरबन्दीमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

मेट्रोमा कपाल काट्ने काम गरिरहेका दुई जना कार्यालय सहयोगीमध्ये एकलाई कोरोना संक्रमण देखिएको हो।

उनी कोठा भाडामा बसेर कार्यालय धाउने गर्थे। कार्यालयभित्रका कर्मचारीमा कोरोना देखिएपछि मेट्रोमा आवतजावत माथि कडाई गरिएको छ। कोठा भाडामा बस्नेलाई कार्यालय आउन दिइएको छैन।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्