प्रदेश-२ मा डब्लूएचओका एकजनासहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम- प्रदेश २ मा डब्लुएचओका एकजना प्रतिनिधिसहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा डब्लुएचओका एकजना प्रतिनिधि, मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट आएका रिर्पोट अनुसार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । यस सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ।

आज सबैभन्दा बढी धनुषामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यस्तै बारामा २३, महोत्तरीमा २१, सप्तरीमा १२, पर्सामा ५, रौतहटमा ४, सर्लाही र सिरहामा तीन÷तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनुषामा जकपुरधाम उपमहानगरपालिकाका ९ जना, जनकपुरधाममै डब्लुएचओका १ जना, मुख्यमन्त्री कार्यालयका ४ जना, धनौजी गाउँपालिकाका १२ जना, प्रादेशिक अस्पताल जनकपुरका ६ जना, बनिनियाँका २ जना, धनुषाधाम नगरपालिकाका १ जना र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

महोत्तरीको जलेश्वर नगरपालिकामा १ जना, मुख्यमन्त्री कार्यालयमा कार्यरत मटिहानी नगरपालिकाका १ जना, औरही नगरपालिकाका ९ जना, सिन्धुलीको कमलामाई नगरपालिका घर भइ हाल औरही नगरपालिकामा बस्दै आएका १ जना, कजरा रमौलका १ जना, रामगोपालपुर नगरपालिकाका ४ जना, बर्दिबाँस नगरपालिकाका १ जना, अन्केरका १ जना, सीतापुर घर भई प्रादेशिक अस्पतालमा रहेको १ जना र ठाउँ नखुलेको स्थानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको बोदे बसाईन नगरपालिकाका १ जना खडक नगरपालिकाका ४ जना र राजविराज नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगंज महानगरपालिकाका २ जना र ठाउँनखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रौतहटमा मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका बौधिमाई नगरपालिकाका १ जना, कटहरिया नगरपालिकाका १ जना, गुजरा नगरपालिकाका १ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै सिरहाको चोहर्वाका १ जना, लहान नगरपालिकाका १ जना र ठाउँ नखुलेको स्थानका १ जना, सर्लाहीको बसन्तपुरका १ जना, सोहनपुरका १ जना र ठाउँ नखुलेको स्थानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।

प्छिल्लो २४ घण्टामा यस प्रदेशमा ३ महिला सहित २३ जना निको भएर आफ्नो घर फर्केका छन्। यससँगै निको हुनेको संख्या ३ हजार ३ सय ५७ पुगेको छ भने २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्