सिरहा नगरपालिकामा अख्तियारको छापा

जनकपुरधाम-सिरहा जिल्लाको सिरहा नगरपालिकामा अख्यिारले छापा मारेको छ।

कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबाँसबाट खटेको टोलीले छानबिनका लागि नियन्त्रणमा लिएको हो।

कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानबिन थालेको हो।

सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो।

उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियार छापा मारेको छ।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्