वीरगञ्जमा थप एक महिलाको कोरोना संक्रमणका कारण निधन

वीरगञ्ज – कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षकी महिलाको मृत्यु भएको हो।

उनको आइतबार उपचारको क्रममा मृत्यु भएकाे भए पनि मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए।

उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत बिरामी रहेकी ती महिलाको अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारको लागि अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्