पर्सामा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

पर्साको पोखरीया नगरपालिका १ का वडाध्यक्ष बंका राउत कुर्मीमा पनि कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर,२२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

नारायणी अस्पतालमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका दुई पुरुष र एक महिला गरी तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर, आदर्श नगर, नगवा लगायतका टोलमा कोरोना संक्रमितहरु देखिएका छन्।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू