मेट्रो कन्ट्रोलको सीसीटीभी हेर्ने तीन प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ – सर्वसाधारणलाई आवश्यक जानकारी प्रदान गर्ने तथा सहयोगको मार्ग बताउने प्रहरीको हेल्पलाइन १०० मा कार्यरत तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल (१०० हेल्प लाइन) मा कार्यरत तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मेट्रो कन्ट्रोलको सीसीटीभी हेर्ने तीन प्रहरीमा संक्रमण देखिएको हो। यसअघि कन्ट्रोलमै कार्यरत अर्का प्रहरीमा पनि संक्रमण भएको थियो । संक्रमितको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिने प्रहरीले जनाएको छ ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्