सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’

काठमाडौं– नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुनेगरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ।

यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ।

बलेनो, एसक्रस,सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन्। यो योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँबजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँ सम्म एक्सचेन्ज बोनस पाउने छन्।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ।

सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमान्युनतम ८.२५ प्रतिशतब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ।

यो योजना ३२ साउनसम्म यानि ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध छ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्