प्रकाश सुवेदीको कार्यक्रमबारे मनोज गजुरेलको टिप्पणी ‘पत्रकारिता भ्रष्टीकरण’

काठमाडौँ– हास्य कलाकार मनोज गजुरेलले सञ्चारकर्मी प्रकाश सुवेदीले गरेको पत्रकारितालाई भ्रष्टीकरणको संज्ञा दिएका छन्। अभिनेत्री ऋचा शर्माले राष्ट्रिय टेलिभिजनबाट नायिकाको बारेमा गरिएको टिप्पणीको विरोध स्वरुप लेखेको स्ट्याटसमा गजुरेलले कमेन्ट गर्दै उनलाई पत्रकारिता अध्ययन गर्दाको समय स्मरण भएको बताएका छन्।

उनले लेखेका छन्, ‘आरआर क्याम्पसमा हामीलाई ‘मास कम्युनिकेशन’ पढाउनु हुने अग्रज गुरु आदरणीय लाल देउसा राईको भनाई आज झल्झल्ती याद आइरहेको छ ।’

‘समाचार सुन्नेले मात्र हैन, भन्नेले पनि सय पटक सोचेर बोल्नुपर्छ । कसैका नितान्त निजी मामलालाई गिजोलेर न्युज बनाउनु सञ्चारकर्म हैन। शारिरिक प्रसङ्ग बटुलेर भ्युज बढाउनु पत्रकारिता मानिँदैन । कमजोर, रोगी, महिला, केटाकेटीलाई हेपेर, हियाएर समाचार बनाउनु भनेको पत्रकारिताको भ्रष्टिकरण हो ।’ जय गुरुदेव।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्