एक राज शर्माको ‘मेरो अतित’ सार्वजनिक

काठमाडौँ – साहित्यकार एवं सामाजिक अभियन्ता एकराज शर्माको ‘मेरो अतीत’ पुस्तक विमोचन गरिएको छ। तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य शर्माको पुस्तकमा विभिन्न कालखण्डहरुका स्मरणहरु सामेटिएको छ। यो पुस्तकलाई दाङको इतिहासको अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेज रहेको बताइएको छ।

शर्माको पुस्तकलाई शर्माकै नाति सँस्कार रेग्मी र अतिथिहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। नातिनी सँस्कृति रेग्मीले पुस्तकको महत्व झल्काउने कविता वाचन गरेकी छिन्।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्