गोंगबुस्थित सुटकेश र जेब्रा झोला राखिएको शवको सनाखत

काठमाडौं-राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ।

सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको प्रहरी स्रोतले जनाएको छ।

सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्