सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका बलिउड अभिनेता सञ्जय दत्त सोमबार डिस्चार्ज भएका छन्। उनी ६१ वर्षका छन्।

उनलाई शनिबार श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।

पीसीआर परीक्षणका क्रममा उनमा कोरोना नेगेटिभ देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी दुई दिनसम्म मुम्बईस्थित लीलावती अस्पतालमा उपचार गराई घर फर्केका हुन्।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्