महिलाहरुको पीडा समेटेर शिवानी भट्टराईले ल्याइन् ‘अबन्धन’ गीत

काठमाडौं-नव गायिका शिवानी भट्टराईले ‘अबन्धन’ बोलको गीत सार्वजनिक गरेकी छन्।

महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै गायिका शिवानीले गीत ल्याएकी हुन्। गीत उनले आफै लेखेकी हुन् भने संगीत र स्वर पनि भट्टराई कै रहेको छ।

भिडियोमा गायिका भट्टराईको साथमा कोरियोग्राफर प्रशान्त तामाङलाई अभिनय गरेको देख्‍न सकिन्छ।

प्रशन्‍न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

गीतले महिलाको पीडालाई प्रस्तुत गरेको शिवानीको भनाई छ । धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।

शिवानीले ६ वर्ष अगाडि नै गीत लेखेको भएपनि सञ्चार माध्यममा आबद्ध भएपछि मात्र गीत संगीत क्षेत्रमा लाग्ने बताएकी थिइन ।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू