एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना देखिएपछि दुई दिनका लागि कार्यालय बन्‍द

काठमाडौँ-एभरेष्ट बैंकका दुई कर्मचारीहरुलाई कोरोना भाइरस देखिएपछि कार्यालय दुई दिनका लागि बन्द गरिएको छ।

एभरेष्ट बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय दुई दिनका लागि बन्द गरिएको बैंकका एक कर्मचारीले जानकारी दिए।

उनले कर्मचारीहरुमा कोरोना भाइरस देखिएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको बताए। उनले भने, ‘बैंकलाई स्यानिटाइज गर्न दुई दिनका लागि बन्द गरिएको हो। बुधबारदेखि कार्यालय सञ्चालनमा आउँछ ।’

अन्य शाखाहरुबाट भने नियमित कारोबार हुने उनले बताए।

यस्तै उनले ती कर्मचारीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए। ‘कर्मचारीहरुलाई कोरोना भाइरसको लक्षण देखिएको थिएन’ उनले भने, ‘न त उनीहरुको कुनै ट्राभल हिस्ट्री नै थियाे ।’

उनले अझै सजकता अपनाएर काम गर्नु पर्ने बताए। कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई आइसाेलेसनमा राखिएको उनले बताए।

उनले कर्मचारीहरुको शनिबार पीसीआर परीक्षण गरिएको र दुई जनालाई पोजेटिभ देखिएको बताए।

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्