देउवाले आज पनि गरे पाँच विभागमा मनोनयन

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोधका बाबजुद सोमबार पनि थप पाँचवटा विभागलाई पूर्णता दिएका छन्।

देउवा इतर पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागलाई पूर्णता लिएको भन्दै आपत्ति जनाइ रहेका बेला देउवाले एकपछि अर्को गरी विभागलाई पूर्णता लिएका हुन्।

आइतबार दशवटा विभागमा मनोनयन गरेका सभापति देउवाले सोमबार पाँच चारवटामा संयोजक तथा सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) ले दिएको अधिकार प्रयोग गरी देउवाले मनोनित गरेका हुन्।

सोमबार उद्योग व्यापार विभाग प्रमुखमा चिनकाजी श्रेष्ठ, उपप्रमुख अनिलकुमार रुग्गटा आदिवासी जनजाति विभागको प्रमुख सीता गुरुङ र नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा गोविन्द भट्टराई मनोनित भएका छन्।

त्यस्तै श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख शिवप्रसाद हुमागाँइ र राज्य प्रशासन विभागको प्रमुखमा केशवकुमार बुढाथोकीलाई नियुक्त गरेका छन्।

कुन विभागमा को को परेः

 

साउन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्