नेपालगञ्ज– बाँकेमा जारी निषेधाज्ञालाई तीन दिन थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई शुक्रबार राति १२ बजेसम्म थप गरेको हो।

बैठकले सुर्खेतरोडको पुष्पलाल चोकदेखि गणेशमानचोक खण्डको पूर्वीक्षेत्र बाँकेगाउँ, त्रिभुवनचोक, फूल्टेक्रा, बसपार्क एरियामा गरिएको सीललाई भोलिदेखि हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

बाँकेमा १७ गते रातिदेखि निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञासँगै कोर एरियालाई सील गरिएको थियो। स्थानीय प्रशासनले तीन/तीन दिन गर्दै निषेधाज्ञालाई बढाइरहेको छ।

बाँकेमा कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन। आज मात्रै २६ जना संक्रमित थपिएका छन्।

साउन २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्