‘दाँतको रोगबाट बच्न जंक फूड र चिनीजन्य पदार्थ कम खानुस्’

काठमाडौं-देशभर लकडाउन बढिरहँदा ओम अस्पतालका दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको ख्याल गर्नु पर्ने बताएका छन्।
देश सञ्चारसँग कुरा गर्दै उनले भनेका छन्, ‘ लकडाउनको अवधि छ। अहिले जंक फूड र बाहिरको खाना नखाएकै बेस हुन्छ। मुख स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ।’
उनले विश्व स्वास्थ्य संगठनले समेत कोभिडको बेलामा जंकफूड नखान सुझाव दिएको भन्दै चिनीजन्य पदार्थहरु समेत नखान आग्रह गरेका छन्।
उनी भन्छन्, ‘चीनीजन्य पदार्थहरु नखानुस्। गुलियोको मात्रा घटाउनुस्। यसले तपाइको दाँतलाई निक्कै असर पार्न सक्छ।’
मानवका लागि मुख स्वास्थ्य अनिवार्य मात्र नभइ प्रमुख द्वार भएकाले यसलाई सफा र स्वस्थ राख्नका लागि हरेक मानिसले ध्यान दिनु पर्नेमा उनको जोड छ।
उनी भन्छन्. ‘मानिसको रोगको मुख्य कारण नै मुख स्वास्थ्य हो।मुख स्वास्थ्यका कारणले मानिसहरुलाई डाइबेटिज, ब्लड प्रेसर, मुटुको रोग लाग्ने र पेटले साह्रै दु:ख दिने अर्थात पेटसम्बन्धी रोगनले आक्रमण गर्न सक्ने बलियो सम्भावना हुन्छ।’
मानिसको किड्नी ड्यामेज गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ भने गर्भवती महिलाले पनि मुख स्वास्थ्य ख्याल नगरे जन्मिने बच्चामा पनि असर गर्ने उनको भनाई छ।
उनी भन्छन्, ‘ मुख स्वस्थ नराखेमा गर्भवती अवस्थाको आमाको पेटबाट जन्मिने बच्चा पनि कम तौलको हुन जान्छ। साथै जन्मिदै विभिन्न समस्याहरु लिएर आउँछन्।’
मुख स्वास्थ्य मात्रैको पनि ख्याल राखेमा अन्य स्वास्थ्यहरु भने बोनसमा पाउन सकिने डा.सुवास घिमिरे बताउँछन्।उनी भन्छन्, ‘प्रत्येकले दाँत स्वस्थ राख्नका लागि कम्तिमा पाँच मिनेट मात्रै सयम दिनुस्। त्यसमा पनि २ मिनेट राम्रो तरिकाले दाँत माजे पुग्छ।’