टोस्टमास्टर्स अन्तर्राष्ट्रियले गर्‍याे जुम मार्फत नेतृत्व सम्बन्धी सेशन

काठमाडौँ – टोस्टमास्टर्स अन्तर्राष्ट्रिय संस्थाको डिस्ट्रिक्ट ४१ को डिभिजन ए, एन र ओ ले जुम मार्फत टोस्टमास्टर्स नेतृत्वको आयोजना गरेका छन्।

उक्त सेशनमा नेपाल टोस्टमास्टर्सको समुदायबाट ३०५ जनाको सहभागिता रहेको थियो । टोस्टमास्टर्स नेतृत्व संस्थाले आफ्ना सदस्यहरुको टोस्टमास्टर्स अनुभवलाई बढाउन, उनीहरुको सीप सिकाउन र रिफ्रेस गर्न, नयाँ साथीहरु बनाएर प्रभावकारी प्रशिक्षण र नेतृत्व विकास अवसहरु प्रदान गर्ने विकसित गरिएको छ ।

डिभिजन ए का निर्देशक डीटीएम मून प्रधानले सहभागीहरुलाई टोस्टमास्टर्स नेतृत्व संस्थामा स्वागत गर्दै टोस्टमास्टर्स नेतृत्व संस्थाका अवसरहरुको बारेमा प्रकाश पारेका छन् ।

त्यस्तै, डिभिजन एन का निर्देशक टीएम अनिश दीक्षितले टोस्टमास्टर्समा नेतृत्वको बारेमा चर्चा गरे।

उक्त सेशनमा बिनोद चौधरी, एक व्यापारी, राजनितिज्ञ तथा समाजसेवीले “युथ इन्गेजमेन्ट र लिडरसीप” को बारेमा बताएका थिए । उक्त सेशनमा चौधरीले महामारीको परिणामस्वरुप बदलिएको विश्वमा ध्यान केन्द्रित गर्दै भने, “हामी त्यस्तो चरणमा प्रवेश गरिरहेका छौं जहाँ प्रविधि र डिजिटल उद्योगले भविष्य के हुन्छ भनेर लेख्दछ ।”

उनले सञ्चार, त्यसको फाइदाहरु र त्यसका उद्देश्यका बारेमा पनि कुरा गरेका थिए । उनले सञ्चारको बारेमा आफ्नो परिकल्पना र कसरी सञ्चारको शक्ति प्रत्यक्ष रुपमा नेटवर्कसँग सम्बन्धित छ भन्ने बारे बताएका थिए ।

डीटीएम सौरभ लोहनीले टोस्टमास्टर्सको इन्टरनेशनल डिस्टिंविस्ड क्लब प्रोग्राम (डीसीपी) लक्ष्यमा सेशन आयोजना गरेका थिए । यहाँ १० डीसीपी लक्ष्यहरु छन् जसलाई हासिल गर्न क्लबले शिक्षा, सदस्यता, प्रशिक्षण र मेन्टरसीपमा केन्द्रित भएर प्रत्येक वर्ष क्लबले यी क्षेत्रभित्र रहेर कसरी यी लक्ष्यहरु हासिल गर्न सकिन्छ भनेर प्रयास गर्दछ ।

मेन्टरसीप कार्यक्रमको सेशन टीएम सदिक्षा सिंहले नेतृत्व गरिन् । उनले टोस्टमास्टर्सको वर्षौदेखिको ठुलो सफलता सदस्यहरुको अन्य सदस्यहरुलाई समर्थन र मार्गनिर्देशन प्रदान गर्ने र प्रभावकारी रुपमा सिक्न मद्दतको परिणाम भएको कुरामा जोड दिइन् ।

सदस्यहरुको सिकाइलाई अधिकतम बनाउँन सेशनमा विद्यमान मार्गनिर्देशन मेन्टर कार्यक्रमलाई समर्थन गर्न र राम्रो मेन्टर बन्न आवश्यक सीप हासिल गर्न सदस्यलाई सहयोग गर्ने योजना बनाएको छ ।

टीएम रबिन्द्र प्रधानले रमाइलोले भरिएको अन्तरक्रियात्मक र जानकारीमूलक सेशन आयोजना गरेका थिए जहाँ उनले टोस्टमास्टर्सको बैठक रमाइलो बनाउँन सकिने तरिकाहरु अपनाएका थिए ।

उनले नेपालका विभिन्न टोस्टमास्टर्स क्लबका अध्यक्षहरुलाई बैठकलाई रमाइलो बनाउन अपनाएको उपायहरु बताउन आमन्त्रण गरे । उनले टीएम सीमा गोल्छा, टीएम प्रनु सिंह, टीएम सीजा त्रिपाठी र टीएम सहीस्नुता शर्मा, टीएम श्रेया घिमिरे र टीएम चन्द्रायन श्रेष्ठलाई निमन्त्रण गरेका थिए जसले आफ्ना सदस्यहरुको अनुभवलाई रमाइलो, जोशिलो र प्ररणादायी बनाउन गर्ने विभिन्न रोमाञ्चक कुराहरु साटेका थिए ।

डिभिजन ओ का निर्देशक टीएम अभिष आचार्यको टिप्पणी पछि उक्त सेशन सम्पन्न भएको थियो जहाँ उनले मेन्टरसीप र टोस्टमास्टर्सको बैठकलाई कसरी रमाइलो बनाउने भन्ने बारेमा प्रकाश पारेका थिए ।

अन्ततः सबैमा अनुकरणीय प्रशिक्षकहरुका साथ यो निकै जानकारीमूलक कार्यक्रम थियो।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्