आलिया अभिनित सडक–२ को ट्रेलर सार्वजनिक, डिसलाइकको वर्षा

काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछि चर्किएको आफन्तवाद विरुद्धको अभियानको प्रभाव महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र सडक–२ मा पर्ने देखिएको छ।

सुशान्तको निधनपछि उनका फ्यानहरुले नेपोटिजम विरुद्ध सामाजिक सञ्जालमा चर्को आवाज उठाएका थिए। उनीहरुले स्टार किड (स्थापित अभिनेता–अभिनेत्री, निर्माताका सन्तान) को चलचित्र बहिष्कार गर्ने घोषणा पनि गरेका थिए। त्यसको संकेत सडक–२ को ट्रेलरमा देखिएको छ।

बुधबार बिहान सडक–२ को ट्रेलर युट्युब मार्फत सार्वजनिक भए लगत्तै सुशान्तका फ्यानहरुले त्यसलाई डिसलाइक गर्ने थाले।

यो समाचार तयार पार्दासम्म ट्रेलर सार्वजनिक भएको तीन घण्टाको अवधिमा सडक–२ को ट्रेलर चार लाख ६९ हजार भन्दा धेरै पटक हेरिएको छ। तर यसमा डिसलाइक भने पाँच लाख १५ हजार भन्दा धेरैले गरेका छन्।

ट्रेलर लाइक गर्नेको संख्या मात्रै ४९ हजार देखिएको छ । ५० हजार भन्दा धेरैले कमेन्ट गरेका छन् र कमेन्टमा पनि विरोध गर्नेहरुको संख्या धेरै रहेको छ।

सडक–२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। सडक–२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन।

यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

केही समयअघि सार्वजनिक भएको सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचरालाई भने उनका फ्यानले अति रुचाएका थिए ।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्