मालपोत कार्यालय जलेश्वरका २८ कर्मचारीसहित प्रदेश–२ मा थप २६१ जनामा कोरोना पुष्टि

जनकपुरधाम– प्रदेश २ मा बुधबार थप २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

बुधबार सबैभन्दा बढी सप्तरीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिरहामा २४ र पर्सामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सप्तरीको रुपनी गाउँपालिकामा ५ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ६, सप्तकोशी नगरपालिकामा १, डाक्नेश्वरी नगरपालिकामा १, राजविराज नगरपालिकामा ३० र हनुमाननगर कंकालिनी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९, मालपोत कार्यालय जलेश्वरमा २८, लोहरपट्टी नगरपालिका, बलवा नगरपालिका, जलेश्वरनगरपालिका, महोत्तरी गाउँपालिका, महोत्तरीकै प्रादेशिक अस्पतालमा रहेका र ठेगाना नखुलेका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो

सर्लाहीको मलगङ्गवा नगरपालिकामा १, बरहथवामा १, चन्द्रनगरमा १, नकैलवामा १ र ठेगाना नखुलेका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै धनुषामा जनकपुरधाममा ९, नगराईन नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १३, स्पर्श नेपालमा कार्यरत जनकपुरका २, रानी बगिया ३ घर भई प्रादेशिक अस्पतालमा रहेका १, प्रादेशिक अस्पतालका ५, धनुषाधाम नगरपालिकाका १ र ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाराको सिमरामा ११, जीतपुरमा ५, कलैयामा १, देवतल गाउँपालिकामा ६, कोल्हवि नगरपालिकामा ३, कटहरियामा ५ र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको हो। रौतहटको चन्द्रपुर नगरपालिकामा १, गुजरा नगरपालिकामा ८, बौधिमाई नगरपालिकामा १, परोहा नगरपालिकामा ७, गरुडा नगरपालिकामा २ र ठेगाना नखुलेका ८ जनामा संक्रमण पुष्टि भएको हो।

सिरहाको गोलबजार नगरपालिकामा २, सिरहा नगरपालिकामा ११, धनगढीमाई नगरपालिकामा १, सुखीपुरमा ८, सखुवामा १ र ठेगाना नखुलेका स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंजमा २ जना र ठेगाना नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ३३ पुगेको छ। आज ५ महिलासहित १६ जना निको भएर आफ्नो घर समेत फर्केका छन्। यससँगै निको हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ।

साउन २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्