महेन्द्रनगरमा भेटिएको बम सेनाको टोलीले पार्‍यो निष्कृय

फाइल तस्बिर

धनगढी – महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहीबार बिहान २ बजे भेटिएको बम उज्यालो भएपछि पुगेको नेपाली सेनाको टोली निष्क्रिय पारेको हो ।

सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको हो । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद कञ्चनपुरको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बमसँगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए ।

‘राति २ बजे बम भेटिएको हो, बिहान ६ः५० बजे निष्क्रिय पारियो’ उनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू