छिमेकी स्थानीय तहमा संक्रमित बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकामा एक हप्ते लकडाउन

झापा-छिमेकी पालिकाहरूमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएकाले आफ्नो पालिकामा पनि जोखिम बढेको भन्दै झापाको उत्तरी गाउँपालिका बुद्धशान्ति गाउँपालिका कार्यालयले एक साता लामो लकडाउनको घोषणा गरेको छ।

बिहीबार राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले गरेको हो।

गाउँपालिकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकामा समुदायमा स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि बुद्धशान्ति गाउँपालिकाको बिहीबार बसेको बैठकले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको अध्यक्ष रमेश कुमार भुजेलले बताए।

गाउँपालिकाको निर्णय अनुसार पालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शिक्षण संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल बन्द रहनेछन्।

बुद्ध शान्तिभित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले जानकारी दिए।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्