हिन्दु धर्मका अभियन्ता लोकनाथ कश्यपले जल ‘समाधि’

दाङ–पशुपति मन्दिरको मुल पुजारी नेपाली हुनुपर्छ भन्दै पहिलो पटक आवाज उठाउने लोकनाथ कश्यपले जलसमाधि लिएका छन्।

हिन्दु धर्म र संस्कृती संरक्षणका अभियन्ता ७६ बर्षिय कश्यपले रोल्पा र प्युठानको सिमानामा रहेको चत्तुरभुज मन्दिरमा जलसमाधीको ध्यान समेत गरेका थिए।

माण्डवरी गाउँपालिका वडा नं. १ निवासी कश्यप साउन २१ गते हराएका थिए ।

मंगलबार बेलुका गढवा गाउँपालिका वडा नं. १ बनघुस्री स्थित राप्ती नदीको विच टापुमा शव फेला परेको हो।

माडि र अरङखोलाको दोभान देविस्थान नजिक त्रिवेणी धाममा अन्तिम दाहसंस्कार गरिएको छ।

कश्यवले जलसमाधी लिएर स्वच्छिक मृत्युवरण रोजेको पारिवारीक स्रोतले जनाएको छ।

पर्यटन मन्त्री रविन्द्र अधिकारी पाथिभरा मन्दिरको दर्शन गर्न जाने क्रममा उनै कश्यवले दर्शनको लागी जान उपयुक्त नरहेको सल्लाह दिएका थिए।

कश्यवले लामो समय देखी फलफुलमात्रै फलार गर्ने(खाने) गर्दै आएका थिए । कश्यवका दुई छोरा र तीन छोरी छन्।

साउन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्