कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

विराटनगर – विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासका अनुसार बिहीबार राती ८ बजे अस्पतालको आइसोलेसनमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार उपचारका लागि भर्ना भएका सिरहाको विष्णुपुर गाँउपालिका १ का पुरुषको बिहीबार मृत्यु भएको हो।

उपचारका क्रममा समस्या थप बढ्दै जाँदा धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको भए पनि प्रतिष्ठानले शैया खाली नभएको जनाएपछि कोशीमै राखेर उपचार गरिएको थियो।

यो सँगै कोशी अस्पतालमा ६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ। यसअघि, महानगरपालिकाको वडा ९ का दुई पुरुष, वडा ३ र ५ का समान १ पुरुष र रंगेली नगरपालिकाका १ पुरुषको मृत्यु भइसकेको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ।

साउन ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू