धनुषामा थप एकजना मृतकमा कोरोना संक्रमण पुष्टि, मुत्‍यु हुनेको संख्‍या १०५ पुग्‍यो

जनकपुरधाम- धनुषामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या १०५ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिला र जनकपुरमा एकजन पुरुषको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४६ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ।

यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ।

शनिबार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाक संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

डाइविटिजका रोगी रहेका सो पुरुषको सुगर लेवल हाइ रहेको र अक्सिजनको लेवल कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार विहान ८ बजे उनको मृत्यु भएको थियो। मृतकको कुनै ट्राभल हिस्ट्री छैन्।

साउन ३२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्