भट्टराई र दीक्षितबीच ‘भारुराम’ र ‘डलरमणि’ भन्दै आरोप-प्रत्यारोप

भट्टराई र दीक्षितबीच ‘भारुराम’ र ‘डलरमणि’ भन्दै आरोप-प्रत्यारोप
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई सामाजिक सञ्जालमा निक्कै सक्रिय रहने ‘भिआइपी’ हुन्।

जुनसुकै विषयमा आफूलाई लागेको कुरा कठोरता पूर्वक भन्ने र सकेसम्म अरुलाई जवाफ दिने उनको शैली छ। रुखो शैलीमा मन नपरेकाहरुको आलोचना गर्नु बाबुरामको ट्वीटर एकाउण्ट हेर्दा दैनिक जस्तै देखिन्छ।

शनिबार पूर्व प्रधानमन्त्री भइसकेका एवं माओवादी सशस्त्र आन्दोलनको नेतृत्व गरेका भट्टराई र उनका सदाबहार आलोचक सञ्चारकर्मी एवं नागरिक अभियान्ता कनकमणि दीक्षितबीच सामाजिक सञ्जालमा ‘असामाजिक’लाग्ने आरोप प्रत्यारोप भएको छ।

आफूलाई नागरिककै अगुवा दाबी गर्ने दीक्षित र पूर्वप्रधानमन्त्री जस्तो उपल्लो तहको राजकीय जिम्मेवारी लिइसकेका भट्टराईबीचको आरोप प्रत्यारोप पढ्न पनि असहज लाग्छ।

भट्टराईले शुक्रबार गृह जिल्ला गोरखा पुगेर ठोरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको आलोचना गर्छन्। भट्टराईले बोलेको विषयमा कान्तिपुर दैनिकमा ‘राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई’ शीर्षकमा समाचार छापिन्छ।

उक्त समाचारलाई ‘जनयुद्धका नाममा स्कुल, अस्पताल, घर भत्काउँदै डाक्टर, शिक्षक र विद्यार्थी मार्ने बाबुराम यति बेला अस्पताल नबनाएको भन्दै सरकारलाई प्रश्न गर्छन्’ भन्दै पुकार उप्रेतीले रिट्वीट गर्छन्।

बाबुरामका आलोचक दीक्षितले उप्रेतीको ट्वीटलाई समर्थन जनाउँछन्।

समर्थन जनाउँदै दीक्षितले लेखेका छन्, ‘यो सत्य हो। बाबुराम भट्टराई र उनको जत्थाले अस्पताल, स्कुल भत्काए अनि डाक्टर, विद्यार्थी र शिक्षकलाई निशानामा पारे। उनले यो कुरा कसरी अस्वीकार गर्न सक्छन्?’

आफूमाथि गम्भीर आरोप लगाएपछि बाबुरामले कनकमणिलाई जवाफ फर्काका छन्।

कनकलाई मेन्सन गर्दै बाबुराम लेख्छन्, ‘जनक्रान्ति अपूर्ण रुपमै अन्त्य भयो। एउटा विषालु सर्प दुलोबाट निस्किएर टोक्ने कोसिस गरिरहेको छ। यी राजतन्त्रका पक्षमा खटिएका व्यक्ति मेरो विपक्षमा छन्। मैले राजतन्त्रको अन्त्य र गणतान्त्रिक संविधान जारीमा भूमिका खेलेको छु। जसप्रति मलाई गर्व छ।’

भट्टराई र दीक्षितको तल्लोस्तरको गाली गलौजमा समर्थ तथा विरोध जनाउँदै अरु दर्जनौं व्यक्ति सहभागी छन्। भट्टराईले यदाकदा दीक्षितलाई लक्षित गर्दै विदेशबट डलर ल्याएर नेपालमा द्वन्द्वको खेती गरेको आरोप लगाउँदै ‘डलरमणि’को संज्ञा दिँदै आएको छन्।

उक्त प्रसंगलाई कोट्याउँदै अर्का एक व्यक्ति उल्लेख गर्छन्, ‘तपाईँलाई डलरमणि भन्यो एसलाई पनि भारुराम भन्दिनु न त, जस्तालाई त्यस्तै।’

उनको कुरालाई समर्थन जनाउँदै दीक्षित फेरि भट्टराईमाथि खनिदै लेख्छन्, ‘हो मलाई ‘डलरमणि’ भन्ने बाबुराम नै हुन्। डेकेन्द्र थापाको हत्याविरुद्ध बोल्न पत्रकार टोली सहित दैलेख पुग्दा, बराभले सुर्खेतमा यसो भन्दै भाषण दिएका। तर जे होलान नहोलान्, म उनलाई ‘भारुराम’ कहिल्यै भन्दिन।’

बाबुरामले फेरि दीक्षित प्रति लक्षित गर्दै ओली, महिन्द्र र रायमाझीकै सोच राखेको भन्दै आरोप लगाउँछन्। आइतबार बिहान भट्टराईले लेखेका छन्, ‘जताबाट पनि ओली महेन्द्र र रायमाझी पथमा उद्यत देखिन्छन्। १. पहाडी खसआर्य अहंकारवादलाई नेपाली राष्ट्रवादको रूपमा प्रस्तुती २. हिन्दु धर्मभीरू जनमत बटुल्न अयोध्या र राम मन्दिर बखेडा ३. संसद र अदालत र सेना र अख्तियार कब्जा ४. यति र भट्ट इ.मार्फत क्रोनी क्यापिटालिज्मस ५. ‘दशरथ र डलरमणि’ मार्फत मिडिया।’

आरोप प्रत्यारोप हेरिरहेका संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कुलचन्द्र गौतम आफूले दैलेख जाँदा बाबुरामले कनकलाई ‘डलरमणि’ भनेको थाहा पाएको उल्लेख गरेका छन्। गौतमले प्रश्न गरेका छन्, ‘द्वन्द्वका कारण मारिएका निर्दोष व्यक्तिबारे फैसला गर्ने न्यायाधीश को हुन्? मर्डरमणि वा डलरमणि वा अरु कोही मणि?’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’