बार्सिलोनाले प्रशिक्षकलाई बर्खास्त गर्‍यो

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक किके सेतियनलाई बर्खास्त गरेको छ।

च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि गम्भीर संरचनागत परिवर्तनको दबाबमा आएको बार्सिलोनाले प्रशिक्ष सेतियनलाई सोमबार अबेर बर्खास्त गरेको हो ।

रियल बेटिसका पूर्व प्रशिक्षक सेतियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए।

६१ वर्षका उनले २५ खेलमा बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरे । ला लिगामा दोस्रो भएको बार्सिलोनाले च्याम्पियन्स लिगमा खराब हार बेहोरेको हो ।

तियनलाई बर्खास्त गरेको बार्सिलोनाले नयाँ प्रशिक्षकको घोषणा आउँदा दिनमा गरिने बताएको छ । बार्सिलोनाले क्लबका पूर्व खेलाडी तथा

नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक रोनाल्ड कोएम्यानलाई नयाँ प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । रोनाल्डले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका थिए ।

गएको शुक्रबार राति बार्यन म्युनिखसँग ८–२ ले पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएको बार्सिलोनाको यो पछिल्लो पाँच वर्षमा चौथो पटक हो ।

एर्नेस्तो भेल्भार्देलाई प्रतिस्थापित गरेको सेतियनले हारपछि भविष्यका लागि आवश्यक परिवर्तन गर्न पुर्नमूल्यांकन गर्ने समय रहेको बताएका थिए ।

भदौ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्