राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा परिवार र शुभचिन्तकहरुको श्रद्धाञ्जलि (तस्बिरहरु)

काठमाडौँ-  १ सय १ वर्षको उमेरमा मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको शवमा मंगलबार अबेरसम्म उनका परिवारजन र शुभेच्छुकहरुले घरमै आएर श्रद्धाञ्जलि दिएका छन्।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा अन्तिम श्वास लिएका राष्ट्रकवि घिमिरेको नश्वर शरीरमा श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरु बेलुकैसम्म ओइरिएका थिए।

उनको अन्तिम संस्कार मंगलबार राति नै गर्ने भनिए पनि राष्ट्रिय सम्मानका साथ बुधबार बिहान गरिने भएको छ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिँदै गरेका परिवारजन र शुभेच्छुकहरुको तस्बिर देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी छन्।

भदौ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्