काठमाडौँ – कोरोनाभाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउनका कारण आज हिन्दु नारीहरुले मन्दिरमा गएर हरितालिका तीजको पूजाआजा गर्न पाएका छैनन्।

पशुपतिनाथ मन्दिरसहित काठमाडौँ उपत्यकाका सबै शिवालयहरु सुनसान छन्। सानो पशुपतिनाथ मन्दिरका रुपमा चिनिने बसन्तरपुको पशुपतिनाथ मन्दिरमा पनि ब्रतालुको खासै उपस्थिति छैन।

निषेधाज्ञाकैबीच पूजाका लागि पुगेका केही महिलाहरुलाई पनि सुरक्षाकर्मीले रोकेका छन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु