विदेशबाट आउँदै हुनुहुन्छ? सरकारले तोक्यो क्वारेन्टिनका लागि होटल (सूचिसहित)

फाइल तस्बिर

काठमाडौँ-सरकारले विदेशबाट फर्किने नेपालीका लागि क्वारेन्टिनका रुपमा बस्ने होटलहरु तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विदेशबाट नेपालीलाई उद्धार गरी ल्याउने प्रक्रिया फेरि थाल्ने र उनीहरुले कम्तिमा एक हप्ता काठमाडौँमा क्वारेन्टिमा बस्नुपर्ने निर्णय गरेको थियो। त्यसअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाका विभिन्न ठाउँमा रहेका होटलहरुलाई क्वारेन्टिनका रुपमा तोकेको हो।

विदेशबाट फर्किनेले उतैबाट कहाँ बस्ने हो सूचीभित्र परेका होटल बुक गरेर आउनुपर्ने सरकारले जनाएको छ। निर्धारित होटलहरुमा सुविधाअनुसार व्यक्तिले १८ सयदेखि ४ हजार रुपैयाँ प्रतिदिनका दरले होटलको शुल्क तोकिएको छ। जसमा खानासमेत समावेश गरिएको छ।

एउटा रुममा दुई जनासमेत बस्न पाउने र त्यसो गर्दा शुल्क सस्तो पर्न जानेछ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालयले सुनधारा क्षेत्रमा पाँचवटा, बालाजु क्षेत्रमा ११ वटा, कलंकीमा १७, गोंगबुमा ४९, एयरपोर्ट क्षेत्रमा ३० वटा होटल तोकेको छ।

भदौ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्