फाेटाे फिचर

सुनशान बन्‍यो ललितपुरको पाटनदरवार स्क्वायर, बाहिरै बसेर आरती र दर्शन (तस्बिरहरु)

ललितपुर- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन काठमाडौं उपत्‍यकाका तीनवटै प्रशासन प्रमखुहरुले निषेधाज्ञा जारी गरेपछि ललितपुरको पाटन दरवार स्क्वायर दोस्रो दिन सुनशान बनेको छ।

यसका साथै कृष्णमन्दिरमा प्रत्येक दिन हुने आरती बाहिर नै बसेर गरिएको छ भने दर्शन पनि बाहिरबाटै गरिएको छ।

मानिसहरुको आवतजावत ठप्प भएपछि पाटन दरवार स्क्वायर सुनशान भएको हो। त्‍यसको वरिपरी पनि मानिसहरुको आवागमनलाई प्रशासनले रोक लगाएको छ भने पूजापाठ तथा दर्शनमा समेत बन्द गरिएको छ।

यसअघि मानिसहरुले कृष्णजन्माष्टमीका दिन केही नभए पनि दर्शन र भित्र छिरेर पूजा पाठ गरेका थिए।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले निषेधाज्ञाको दोस्रो दिन खिचेका तस्बिरहरु-

भदौ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्