थारु समुदायको प्राचीन परम्परा- चौठीचान पर्व

चौठीचान पर्व तराईमा परापूर्वकालदेखि बस्दै आएका थारु समुदाय र मधेशी समुदायहरुले मनाउने पर्वहरु मध्येको एक हो । यो पर्वले प्रकृति र मानवको बिचको सम्बन्धलाई दर्शाउने गरेको छ । यो पर्वमा घरको देवता र चन्द्रमाको पूजा हुने गरेको छ । भाद्र महिनाको शुक्ल पक्षको चौथी तिथिमा साँझ उदाउँदो गरेको चन्द्रमालाई अर्घ दिई यो पूजा गर्ने चलन गरेको छ । यो विशुद्ध प्रकृतिको पुजा हो । यसमा प्रकृतिको देनको रुपमा प्राप्त भएका अन्नको प्रयोग हुन्छ ।

यो पर्वमा विधिको महत्वपुर्ण स्थान रहेको छ । विधिपुर्वक गर्न सकेन र पुजा सामग्रीहरु कोही कसैवाट अशुद्ध भयो भने यो पर्व सफल नहुने विश्वास रहेको छ । कसैले जान अन्जानमा जुठो गर्यो वा चोरेर खायो भने शरिरमा दुवो निस्कने जनविश्वास रहेको छ । यसको बारेमा थारु समुदायमा केटाकेटीहरु लाई सँधै भन्ने गरिन्छ “चोर्या के खेवही त चरक फुटतौ” । अर्थात अशुद्ध गरी चोरेर पुजा सामग्रिहरु कसैले खाएमा शरिर टाटेपाटे(दुवो) निस्किन्छ ।

आफ्नो सन्तानहरुको शरिरमा कुनै किसिमको रोग दुख कष्ट भएमा र कहिंकतैबाट पनि निको हुन नसकेको खण्डमायो पर्वको भाकल गरीन्छ । निको भए पछी पर्वको शुरुवात गर्न गरिन्छ र निज जीवित रहे सम्म प्रत्येक साल गर्नु पर्ने मान्यता रहेको छ । त्यस्तै गाई वस्तुको निकोको लागि पनि यसको भाकल गर्ने चलन रहेको छ । कहिंले काँही गर्न नसक्ने अवस्था छ भने अरुले पनि उसको नाममा सामग्रिहरु चढाउन सकिन्छ ।कदम कदाचित जुठो पर्यो र यो ब्रत गर्नै अवस्था छैन भने अन्य कसैलाई अनुरोध गरेर पनि हात उठाउन सकिन्छ अर्थात चढाउन सकिन्छ । त्यो पनि सम्भव छैन भने अर्को साल दोब्बर दिनु पर्ने हुन्छ ।  भाकल गरिदिने आमाले म मरेपछी मेरा  सन्तानहरुले यसलाई निरन्तरता दिन सक्दैन भने लागेमा आमाहरुले पहिला नै कबुल गरी मृत्यु पश्चात आफै संग लाने चलन पनि रहेको छ । चन्द्रमाको पुजा गर्ने समयमा अन्य सन्तान, वाल बच्चाहरुको दिर्ध आयु तथा रोग ब्याधी नहोस त्यसको लागि पनि कामना गर्ने गरिन्छ ।

थारु समुदायमाआ-आफ्नो घरको देउतालाई पुजा गर्नुको साथै चन्द्रमाको पुजा गर्ने गरिन्छ ।सम्पुर्ण सामग्रीहरु देउता घरमा नै तयार गर्ने गरिन्छ ताकि कुनै पनि किसिमको त्रुटी नहोस र जुठो नहोस जसको लागि फलामको चुलो (ओदान) को प्रयोग हुने गरेको छ । त्यसैको प्रयोग गरेर खिर, रोटी, दुध, दही लगायतको सामग्रिहरु तयार गरिन्छ । यो पर्वमा सबै कुरा नयाँ,चोखो र शुद्ध हुनु पर्छ । उपवास बस्ने पनिएक दिन अगाडी देखी नै नियम निष्ठाको पालना गर्नु पर्छ ।

थारु समुदायमा भाकलको रुपमा यसलाई लिएर भाकल पुरा भए पछी मनाउने चलन छ भने मधेशी समुदायको मान्यता अलि फरक रहेको छ ।

प्राचीन कथा अनुसार एकचोटी गणेशको  मुख देखेर चन्द्रमा ब्यंग  गरेर हाँसेको थियो । जसको कारण गणेशजी क्रुद्ध भई रिसाएर चन्द्रमालाई सराप दिएको थियो ।  पछी चन्द्रमा उक्त सरापबाट मुक्त हुनको लागि विभिन्न देवताहरु कहाँ गए पनि मुक्त हुन सकेको थिएन । ब्रह्ममा कहाँ पुग्दा खेरी उक्त श्रापबाट मुक्त हुन गणेशको आराधना गर्न भनेको थियो । अन्ततः चन्द्रमाले गणेशको पूजा अराधना गरेपछि आजकै दिन श्रापबाट मुक्त भएका थिए । त्यसबेला देखी यो पर्व र  ब्रत बस्ने चलन रहेको छ जसलाई गणेश चतुर्दशी पनि भनिन्छ ।

अर्को किवदन्ति अनुसार द्वापर युगमा  द्वारिकामा सत्रजीत नाउँका एक गरीब किसानले सूर्य भगवानको नाममा कठोर पुजा आराधना र तपस्या  गरेपछि सुर्यको अनुकम्पाले एउटा शक्तिशाली स्यमन्तक नाम गरेको मणि प्राप्त गर्नु भएको थियो । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रत्येक दिन बीस मन सुन प्राप्त गर्न सकिन्थ्यो । उक्त किसान केही दिनमैधनी एकदम धनि भयो ।

किसान एकदिन राजा उग्रसेनको दरबारमा मणि लगाएर  पुगेको थियो । श्रीकृष्णले सत्रजितलाई उक्त मणि राजालाई दिनको लागि अनुरोध गरेको थियो तर सत्रजितले म घरमा विचार गर्छु भनी त्यहाँबाट घर आएको थियो । यो कुरा थाहा पाए पछी निजको भाई प्रसेनजीतले मणि लिएर त्यहाँबाट केही सैनिक साथ जङ्गलमा लुक्न गएको थियो । यसै क्रममाएउटा सिंहले प्रसेनजीतलाई आक्रमण गरी मारेको थियो  । नजिकै एउटा गुफा थियो, जसमा जाम्बवान नाउँको एउटा भालु बस्दथ्यो । त्यो भालुले उक्त मणी लिएर आफ्नो गुफामा पस्यो । यो कुरा राजालाई थाहा भयो । राजाले कृष्णलाई यो आरोप लगायो कि कृष्णले नै मणीको लोभमा प्रसेनजीतलाई मार्न लागाएको होला । त्यपछी आफुमाथि लागेको शंका निवारणा गर्न श्रीकृष्ण केही सैनिक लिएर त्यही जंगलमा पुग्यो र खोजवीन गर्दा फेला नपरेपछी  त्यही एउटा गुफामा प्रवेश गर्यो । गुफामा  पसेको दशदिन सम्म श्रीकृष्ण नफर्किदा सैनिकहरू निराश र दुःखी हुँदै द्वारिका फर्क्यो । यो समाचारले राजमहलदेखि श्रीकृष्णका परिवारजनमा दुःखको संन्नाटा छायो ।
पछी आजकोदिन श्रीकृष्ण स्यन्तक मणि लिएर संगै जाम्बवानकी छोरी जाम्बवती साथ  द्वारिका फर्केका थिए । उनले जाम्बवानसँग सत्ताइस दिनसम्म युद्ध गरेको जानकारी गराउनुको साथैमणि र जाम्बवती प्राप्तिको कथा सुनाउनु भयो। यसमा  सबै प्रसन्न भए । त्यसैको सम्झना स्वरुप चौठीचान पर्व मनाउन गरिएको जनविश्वास पनि रहेको छ । भने कृष्णमाथी लागेको आरोप पनि आजको दिन नै हटेकोले त्यसको खुशियालीको रुपमा पनि यो पर्व मनाउने गरेको छ ।

यो पर्वमा सबै सामग्रीहरु सकभर नयाँ हुनु पर्छ वा शुद्ध गरिएको हुनु पर्छ । दही,खिर,पुरी लगायत प्रसादको रुपमा चढाउने अन्य सामग्रिहरु माटोको छाँछी कौरनामा रहेको हुन्छ । हात उठाउने ब्यक्ति महिला पुरुष जो पनि हुन सक्छ । थारु समुदायमा महिला नै हुनु पर्छ भन्नै छैन । जसले निष्ठा पुर्वक उपवास बस्न सक्छ त्यसले नै चन्द्रमालाई अर्ध दिनु पर्छ । एक जनाले जति जनाको नाममा भएको भाकल पनि अर्ध दिन सक्छ अर्थात हात उठाउन सक्छ ।यो पर्व दिन भरी देउता घरमा शुद्ध तरिकाले तयार गरेको सामग्रीहरु जति जनाको हो त्यति जनाको लागि छूट्टा छुट्टै तयार गर्नु पर्छ । यो डला पनि हुन सक्छ भने थाल पनि हुन सक्छ । त्यसमा रोटी,खिर,पुरी, दही, केरा,मकै, अम्वा, पान, सुपारी, सिन्दुर, तुलसी, घुप लगायतको भरसक आफ्नो खेरबारीमा फलेको अरु अन्न रहेको हुन्छ ।

साँझ परे पछी आँगनमा लिप पोत गरी चौका तयार गरिन्छ । उपबास बसेकोले त्यस पछी घरको देउतालाई दिप बालेर धुप दिई सके पछी उक्त चौकामा पनि दिप र धुप बालिन्छ । देउता घरबाट क्रमशःएउटा एउटा डाली ल्याएर उदाएको हंसिया आकारको चन्द्रमालाई तिन चोटी देखाउने गरिन्छ । कहिलेकाँही वादल लागेको दिनमा चन्द्रमा नदेखिने गरेमा पर्खेर भए पनि चन्द्रमालाई चढाउने चलन छ । सम्भव भएन भने चन्द्रमा भए तिर देखाएर राख्ने चलन रहेको छ । त्यस पछी जलढार गर्नु पर्छ । पुनः अर्को डालीको लागी अलिकति भए पनि ठाउँ सर्नु पर्छ त्यस पछी क्रमशः अन्य विधि गर्नु पर्छ । यसरी सबै पुजा भई सके पछि अन्तमा घरमा पन जलढार गरिन्छ । त्यस पछी प्रसादको रुपमा उक्त चढाएको सामग्रिहरु सब परिवार तथा छरछिमेकी मिलेर खाने गरिन्छ । मधेशी समुदायमा चौकामा पिर्का र केराको पात राख्ने चलन रहेको छ । जसमा पुरुष मात्र बस्नु पर्ने मान्यता छ भने थारु समयदायमा त्यसको केही छैन । यस प्रकार यो ब्रतको समाप्ती हुन्छ ।

अन्तमा,यो पर्वमा कुनै तडक भडक हुँदैन साधारण रुपमा मनाइन्छ । यसमा सामाजिक तथा शारिरिक दुरी कायम रहेको हुन्छ ।हाल महामारीको रुपमा रहको कोभिड-१९ बाट सारा संसारले मुक्ति पाउन भन्ने कामनाको लागि यसपालिको चोठीचानलाई समर्पण गरिएको छ । आशा छ यो पर्व पछी यो महामारीमा केही दह सम्म भए पनि नियन्त्रण हुनेछ ।

 

 

 

 

भदौ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्