परिस्थिति किन अझ धमिलो बन्दैछ?

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रको झगडा सुल्झाउने उद्देश्यले गठित कार्यदल आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारीमा छँदा अर्का मुख्य झगडिया माधवकुमार नेपालले फरक खालको मञ्च चुने, अहिलेको रणाको केका लागि हो, त्यसको व्याख्या गर्न ।

‘सत्ताधारी दलभित्रको वर्तमान विवाद पदका लागि हैन, तर सरकारलाई आफ्नो कार्यशैली फेर्न बाध्य बनाउनका लागि हो त्यो’, नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीले भने कोरोना भाइरससँग कसरी जुध्नेबारे आयोजित एउता ‘वेबिनार’ मा ।

अनुमान गरिए जसरी नै कार्यदलले जिम्मेवारी बाँडफाँट सुझाएको छ, ओलीलाई पूरै अवधि प्रधानमन्त्री र दाहालले दलको सबै कार्यकारी अधिकार अभ्यास गर्ने गरी । ओलीको राजीनामाको मुद्दा नेकपा स्थायी समितिको एजेन्डाबाट हटाउन पनि भनिएको छ, त्यसमा ।

त्यस्तै, महत्वपूर्ण राजनीतिक नियुक्तिहरु दलसँगको परामर्शबाट हुने र सरकारको क्षमता अभिवृद्धि हुने गरी संघीय र प्रान्तीय सरकारमा हेरफेर गर्नु पर्ने सुझाव पनि दिइएको छ । यी सुझावले वास्तविकतालाई शायदै छोप्न सक्लान् । यथार्थमा विवाद सत्ताकै हो, जसलाई स्पष्टसँग सम्बोधन गरिनु आवश्यक छ । त्यही बुझेर नै होला, माधव नेपालले सञ्चारमाध्यममा आउन सक्ने ‘हेडलाइन’ लाई रोक्नु आवश्यक ठाने । परिस्थिति अनुसार आफूले प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएको दृष्ठान्त दिँदै माधव नेपालले यो विवादलाई ग्रहण योग्य भाषामा प्रस्तुत गरेका छन् ।

त्यो एउटा दुस्साहस नै थियो । नेपाली राजनीतिका एक यस्ता पात्र हुन् माधव नेपाल जसको स्वभाव र व्यक्तित्व यस्ता उतारचढावको परिस्थितिबाट फाइदा लिन माहिर छ । तर उनको ‘रेकर्ड’ ले आश्वस्त हुने सक्ने देखाउँदैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महासचिवका रुपमा सन् १९९० देखि २००६ सम्म उनका कार्यहरु अरुले भूलून् भन्ने चाहना होला उनको । तर हाम्रा मन मष्तिस्कमा जरा गाडेका ती स्मृतिहरुबाट मुक्त हुन एकदमै कठीन छ ।

शुरुदेखि नै एमाले महासचिव मदनकुमार भण्डारीको रहस्यमय मृत्युपछि उनका उत्तराधिकारीका रुपमा देखिनु माधव नेपालको दुर्भाग्य थियो । र, अल्पमतकै हैसियतमा भए पनि माधव नेपालले मध्यावधि चुनावमा पार्टीलाई सत्तामा पुर्‍याए। तर, उनले उप–प्रधानमन्त्रीका रुपमा मात्र सरकार चलाउन पाए त्यस बेला। महाकाली सन्धि अनुमोदनमा उनको भूमिका, गिरिजाप्रसाद कोइरालको कार्यकालमा प्रजातन्त्रलाई नै बन्धक बनाउने उद्देश्यका साथ अघि बढाइएका पूर्वाग्रही कदम र गैर–कम्युनिष्ट शक्तिहरु विरुद्ध उनले प्रयोग गरेको ‘माओवादी तुरुप’ ले उनको विश्वसनीयतामा ठूलो चोट पुर्‍यायो।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई जुन २००१ मा भएको नारायणहिटी आम संहार काण्डमा छानबिन आयोग गठन गर्न सल्लाह दिएर रहस्यमयी तरिकाले त्यसमा बस्न मानेनन् माधव नेपाल । उनको त्यो कदमले आयोगले बुझाएको प्रतिवेदनप्रतिको आक्रोश फैलाउन निकै योगदान पुर्‍यायो।  के ज्ञानेन्द्रको राज्यारोहणपछि बिना कुनै संकोच हनुमानढोकामा उनले प्रदर्शन गरेको चाकडीशैलीबारे कसैले कल्पना सम्म पनि गर्न सक्थ्यो होला?

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई जुन २००१ मा भएको नारायणहिटी आम संहार काण्डमा छानबिन आयोग गठन गर्न सल्लाह दिएर रहस्यमयी तरिकाले त्यसमा बस्न मानेनन् माधव नेपाल । उनको त्यो कदमले आयोगले बुझाएको प्रतिवेदनप्रतिको आक्रोश फैलाउन निकै योगदान पुर्‍यायो।  के ज्ञानेन्द्रको राज्यारोहणपछि बिना कुनै संकोच हनुमानढोकामा उनले प्रदर्शन गरेको चाकडीशैलीबारे कसैले कल्पना सम्म पनि गर्न सक्थ्यो होला?

माधव नेपालले सन् २००२ मा शेरबहादुर देउवाले निर्धारित आमचुनाव सारुन् भन्ने चाहना राखी राख्ने, यद्यपि त्यसबेलाका नेपाली कांग्रेसका वरिष्ठ मन्त्रीहरु माओवादीले चुनाव बिथोल्न सक्तैनन् भन्नेमा दृढ थिए।

राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरी त्यो वर्षको आखिरतिर जब कार्यकारी सत्ता आफ्नो हातमा लिए, एमालेले विरोध गर्‍यो, आधा मनले । पछि गएर जुन कदमलाई माधव नेपालले ‘प्रतिगमन’ को संज्ञा दिए, त्यसविरुद्ध तत्काल पार्टी परिचालन गर्नुको साटो उनले हतारमा पार्टी सम्मेलन आयोजना गरे।

ज्ञानेन्द्रको आह्वानपछि जुन उत्साहका साथ उनले प्रधानमन्त्री पदका लागि निवेदन दिए, त्यसले उनको अति राजनीतिक महत्वकांक्षा प्रष्ट पार्छ । त्यो प्रयास असफल भएपछि, उनले अर्को अवसरको सिर्जना गर्ने कोशिस गरे, ‘प्रतिगमन’ आधा सच्चिएको मन्तव्य दिएर । यस्ता अभिव्यक्तिको पृष्टभूमिमा उनको गणतान्त्रिक राजनीति जन्माएको हो । दुई ठाउँबाट पराजित व्यक्ति प्रधानमन्त्री बन्न पुग्दा परिवर्तित व्यवस्थामा जनआस्था बढ्ने कुरै थिएन । तर हाम्रो राजनीतिक संक्रमणमा त्यो अतिक्रमणको दाग मेटिने अपेक्षा गरी राखे उनले ।

मदन भण्डारीपछि ओलीसँगको गठबन्धन लामो समय टिक्ने कुरै थिएन । ओलीले नै आफूलाई परिवर्तित गरी सकेको अवस्था थियो त्यो । उनीहरुमा अझ केही गम्भीर गडबढ भएको हुन पर्छ । अन्यथा स्वास्थ्योपचारका लागि सिंगापुर जानु पूर्व नेपालले स्वास्थ्यलाभका लागि दिएको शुभकामनालाई सार्वजनिक रुपमै लाञ्छित किन गर्नु पर्थ्यो ओलीले ?

महत्वपूर्ण मुद्दाहरुलाई आफूखुशी मिलाउने अध्यक्षद्वयको चालालाई लगातार आलोचना गरी राखे नेपालले । उनीहरु पार्टी सम्मेलनसम्म विवादलाई यथावत राख्नमै लागि राखे आफ्नो पकडका लागि । यी दुई अस्वाभाविक साझेदारले कसरी पार्टी अगाडि बढाउलान्, माधव नेपालले खासै केही प्रश्न उठाएनन् । के दाहाल र उनको बथानलाई आफूसँग मिलाउनु मनमोहन र उनका  मार्क्सवादी समर्थकहरुलाई मिलाउँदा जस्तै सहज ठाने होलान् नेपालले ? माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ नेकपाको बेथितिका लागि त्यति नै जिम्मेवार छन्, जति ओली र प्रचण्ड । उनी अहिले जसरी प्रस्तुत भएका छन्, त्यही रुपमा नेपाललाई लिन सकिन्न भन्ने छर्लङ्ग छ । लिने पनि कसरी जब उनी रहस्यपूर्ण अभिव्यक्ति दिनमा व्यस्त छन् ?

उदाहरणका लागि उनी एकमात्र टाउके नेता हुन जसले ‘गणतान्त्रिक संरचना’ लाई नारायणहिटी परिसरबाट हटाउनु पर्ने माग राखेका छन् । किन ? शहरमा यो संरचनाले पाउनुपर्ने महत्वका लागि बढी उपयुक्त स्थान यसले पाओस भनेर? के हामी हाम्रो कल्पनालाई हामीले बेलगाम त छोडिरहेका छैनौँ ? आखिर उनी एक्लैले दोस्रो शाही घोषणा लेखेको र त्यसकै आधारमा आफ्नो स्वभाविक पाँच वर्षे अवधि पूरा गरेको संसद पुनर्स्थापनाका साथ अस्पष्ट नयाँ नेपाल जन्मेको दाबी त हामीले सुनेकै हो । कमरेड माधव नेपाल यति सहजताका साथ आफ्नै केन्द्रीय भूमिकाका साथ तयार गरेको १९९० को संविधानबाट भाग्न सक्छन् भने, उनलाई केहीले रोक्न सक्ला र ?

(माइला बाजे समसामयिक राजनीतिक घटनाक्रममाथि सटिक टिप्पणी गर्ने गर्छन् अंग्रेजी माध्यमको आफ्नो ब्लगमार्फत । उनको वास्तविक पहिचान भने उनले खुलाउने गरेका छैनन् ।)

भदौ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्