वीपी प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु
+
-

माेरङ– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेर ३५ मिनेटमा धरान ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ रिपाेर्ट आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी दिए। वीपीकै हेल्प डेस्कबाट भर्नाका लागि रिफर गरिएका ती पुरुषमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएको उनले बताए।

त्यसैगरि उनमा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या रहेको प्रतिष्ठानले जनाएको छ। हाल उनको शव व्यवस्थापनको कार्य भइरहेको प्रवक्ता सापकोटाले बताए।

वीपीमा प्लाज्मा थेरापीबाट उपचार गरिएका उनी पहिलो व्यक्ति हुन्। यसअघि शनिबार धरान १५ का ६७ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो। उनलाई पनि प्लाज्मा थेरापीको पहिलो डोज दिइएको थियो।

यससंगै प्रदेश १ मा १५ जना संक्रमितको मृत्यु भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष