तीन वर्षपछि एण्डी मुरेले दर्ता गरे बरियताको शीर्ष १० मा रहेका खेलाडीमाथि जित

बेलायती एण्डी मुरेले सन् २०१७ यता पहिलोपटक बरियताको शीर्ष १० मा रहेका खेलाडीमाथि जित दर्ता गरेका छन्।

वेस्टर्न एण्ड साउथर्न ओपन टेनिस अन्तर्गत मंगलबार बिहान भएको खेलमा मुरेले सातौँ बरियताका जर्मन खेलाडी एलेक्सान्डर ज्वेरेभलाई पराजित गरेका हुन् ।

३३ वर्षका मुरेले गएको नोभेम्बर यता पहिलो प्रतिस्पर्धामा सहभागिता जनाएका हुन् । चोट मुक्त भएका मुरेले न्यूयोर्कमा भएको खेलमा ज्वेरेभलाई ६–३, ३–६ र ७–५ को सेटमा पराजित गरेर तेस्रो चरणमा स्थान बनाएका हुन् ।

मुरे अहिले विश्व बरियततामा १२९ औँ स्थानमा छन् । उनले आउँदो चरणमा क्यानडाका मिलोस राआनिकसँग प्रतिस्पर्धा गर्ने छन् ।

भदौ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्