इंग्ल्याण्डको टिममा परेको पाँच घण्टापछि निकालिए ह्यारी मागुइरी

म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरीलाई प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्ल्याण्डको टिमबाट बाहिर राखेका छन् ।

ग्रिक आइल्याण्ठ सिरोसमा प्रहरीसँगको तनावका कारण केही दिन जेलमा परेका मागुइरीलाई प्रशिक्षक साउथगेटले राष्ट्रिय टिमबाट बाहिर राखेका हुन् । २७ वर्षका डिफेन्डरलाई साउथगेटले मंगलबार सुरुमा टिममा राखेका थिए ।

सुनुवाईपछि उनी आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुसघोरीको प्रयासमा दोषी ठहर भएर निलम्बित जेल जसाय दिइयो। मागुइरीलाई २१ महिना १० दिनको जेल सजाय भएको छ । यो जेल सजाय तीन वर्षका लागि निलम्बित छ ।

मागुइरीलाई टिमबाट निकाल्नु सबैको हितमा रहेको साउथगेटले बताएका छन् । साउथगेटले मागुइरीलाई टिममा राखेको पाँच घण्टापछि निर्णय परिवर्तन गरेका हुन् । मागुइरीले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

भदौ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्