विराटनगर – विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टि स्पेसियालिटी अस्पतालमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेश २ को महोत्तरीका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति करिब ११ बजे निधन भएको अस्तपालका निर्देशक रञ्जीतराज बस्नेतले जानकारी दिए।

अस्पतालको कोभिड १९ व्यवस्थापन समितिका संयोजक समेत रहेका बस्नेतका अनुसार उपचारका लागि भर्ना गरिएका पुरुषको अवस्था गम्भीर रहेको थियो।

मृतकको टाउकोको नशा सुकेको र शरीर चलाउन समेत समस्यामा रहेको उनको भनाई छ।

शरीर चल्न नसक्ने अवस्थामा साउन ३१ गते पुरुषलाई उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेसँगै कोरोनाको लक्षण देखिएपछि भदौ ३ गते स्वाब नमूना संकलन गरिएको उनले जानकारी दिए।

यसक्रममा भदौ ७ गते पुरुषको पीसीआर रिर्पोट पोजेटिभ आएको थियो।

पोजेटिभ रिपोर्टसँगै संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार गर्ने काम भइरहेको अवस्थामा मृत्यु भएको बस्नेतले जानकारी दिए।

भदौ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्