गर्मी छल्न अग्ला पाटनमा सारियो भेडीगोठ

सिमकोट- बेशीमा गर्मी हुन थालेपछि हुम्लाका उच्च पाठनमा भेडीगोठ सारिएको छ। भदौ महिना लागेसँगै भेडीगोठलाई अग्ला पाटनमा लगिएका हुन।

तीन सय भेडाको बथानलाई अग्ला पाटनमा सारिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर-२ थालीका बलजिते रावलले बताए। उनले भदौ महिनापछि वेशीतिर झारिने भेडीगोठ यो महिनाभरी अब उतै बस्ने बताए।

अर्का भेडी गोठाना अज बहादुर शाहीले भेडासँगको बसाई रमाईलो हुने गरेको बताउँदै अग्ला पाटनमा घुम्न पनि आनन्द आउने बताए। बेशीमा गर्मी बढी हुने भएको कारण अग्ला र उच्च पाटनमा भेडीगोठ लिने गरिएको छ।

रानी सुइनाका पाटनमा यस वर्ष दुई हजार भन्दा बढी भेडाहरु लगिएको छ। घाँस पनि राम्रो हुने भएको कारण भेडालाई पालनकै लागि उक्त क्षेत्रमा लिने गरिन्छ।

यो समयमा रानी सुइना क्षेत्रका पाटन भरि बेडाको बथान मात्र देखिने गर्छ। एक बथान भेडाका लागि दुई देखि तीन जना हेरालु पनि जाने गर्छन । पाँच वर्षमुनीका बालबालिका पनि भेडीगोठसँगै लिने गरिन्छ।

यरी बर्खा याममा रानी सुईना मात्र होईन, नाम्खा गाउँपालिकाको ह्याङ्सी, चाला, लिमी र सिमकोट गाउँपालिकाको वडा नम्बर १ को चुवाखोला क्षेत्रमा पनि पालनका लागि भेडी गोठ सार्ने गरिन्छ। हुम्लामा बीस हजार भन्दा बढी भेडा रहेका छन्।

भदौ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्