ट्रम्पले बाइडेनलाई दिए टेलिभिजन डिबेटअघि ‘ड्रग टेस्ट’ पेश गर्न चुनौति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनसँग हुने टेलिभिजन डिबेटअघि आफूहरु दुवैको ‘ड्रग टेस्ट’ पेश गर्नु पर्ने बताएका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा दोस्रो कार्यकाल होडमा रिपब्लिकन राष्ट्रपति ट्रम्पलाई पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले चुनौति दिँदै छन् ।

बारम्बार बाइडेनलाई ‘सिल्पी जो’ भन्दै आएका ट्रम्पले आउँदो महिना हुने पहिलो टेलिभिजन डिबेटअघि आफूहरु दुवैले कुन–कुन औषधि प्रयोग गरिएको छ भन्ने थाहा पाउनका लागि परीक्षण गरिनु पर्ने चुनौति दिएका हुन् ।

पछिल्लो समय बाइडेको व्यक्तिगत प्रस्तुति ‘आकश्मिक’ रुपमा सुधार भएको भन्दै ट्रम्पले शंकाको अर्को अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आफ्ना प्रतिस्पर्धी बाइडेनले आफ्नो प्रस्तुति सुधारका लागि कुनै औषधि खाएको भन्ने कुरामा शंका व्यक्त गरे पनि कुनै प्रमाण भने दिएका छैनन् । उनले भनेका छन्, ‘म यस्ता कुरामा निकै राम्रो छु ।’

नोभेम्बर ३ को चुनावअघि बाइडेन र ट्रम्पबिच तीन डिबेट हुने छन् ।

सन् २०१६ मा पनि ट्रम्पले त्यो बेलाकी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनमाथि आफ्नो प्रदर्शन सुधारका लागि औषधिको प्रयोग गरेको अभियोग लगाएका थिए र अन्तिम डिबेट पूर्व परीक्षणका लागि चुनौति दिएका थिए ।

भदौ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्