बर्दियाका दुईसहित भेरी अस्पतालमा ३५ जनालाई कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज-बाँकेका ३३ जनालाई कोरोना देखिएको छ। भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ३५ जना कोरोना पुष्टि भएकोमा ३३ जना बाँकेका रहेका छन् भने दुईजना बर्दियाको भएको अस्पतालले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले दुई जना डाक्टर, ६ जना आर्मीसहित बाँकेमा ३३ जनालाई कोरोना देखिएको जानकारी दिए।

उनका अनुसार, भेरी अस्पतालका डाक्टर र राँझा ब्यारेकका आर्मी परेका छन्। कोरोना देखिएकोमा सात जना कोहलपुर, ११ जना जानकी, एकजना खजुरा र अन्य नेपालगञ्जका छन्।

बर्दियाको मधुवन र राजापुरका एक एक जनामा कोरोना देखिएको छ।

भदौ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्