आकर्षक विज्ञापन, फितलो अनुगमन र खस्कँदो जनस्वास्थ्य

कोभिड १९ र लकडाउनको समयमा मात्र होइन, आजकल सधैँजसो बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै ‘जड्ढफुड’ को मारमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा पर्नुमा मिडियाहरुमा आउने आकर्षक विज्ञापनहरुको भूमिका रहेको छ । हाम्रो देशमा जब चाडपर्वहरु आउँछन् त्यतिबेला खाद्यवस्तुको मूल्यवृद्धि देखि कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति पटक पटक दोहोरिन्छ । जड्ढफुडको व्यापार झनै फस्टाउँछ । विशेष गरी नयाँ वर्ष, आमाबुबाको मुख हेर्ने दिन, दसैँ, तिहार, छठ, माघे सक्रान्ति, क्रिसमस आदिमा गुणस्तरहीन अखाध्य पदार्थ मिसिएका मिठाइहरु तीव्र गतिमा बिक्रि भइरहन्छन् । बजारमा ल्याउने र बिक्रि गर्ने सामानहरुमा मिठाई र बेकरीजन्य वस्तुहरुमा यस्तो समस्या रहेको छ ।

घरमै बनाएर खाएमा स्वच्छ भइन्छ भनिन्छ तापनि घिउ, पनिर, तेल आदिमा हुने गरेको मिसावटले यो सम्भव छैन । मासुमा पनि कपुर लगायतका रासायनिक पदार्थ मिसाएर नसड्ने, तौल धेरै बनाउने गरेको पाइन्छ । बजारमा पाइने मिठाइ, पनिर, घिउहरु गुणस्तर हिन रहेको खबर बारम्बार बाहिर आइरहन्छन्। चाडपर्वको समयमा घिउ र तेलमा पनि मिसावट हुने गरेको छ भने मिति सकिएका खाघ सामग्री स्वास्थ्यका लागि थप चुनौति बन्दै आएका छन् । हिजोआज बजारमा पाइने पाउरोटी, केक, बिस्कुट, कुकिज, दालमोठ आदिमा विभिन्न अखाध्य वस्तु मिसावट भएको, गुणस्तर हिन र मिति गुर्जेका सामानहरु पाइने गरेका छन् जसले गर्दा जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।

यसैगरी होटेल रेष्टुरेण्ट, मिठाई, चाउचाउ आदि उद्योगहरुमा प्रयोग हुने गुणस्तरहीन तेल त्यसैमा पनि एकपटक प्रयोग गरेर पटकपटक प्रयोग गर्नु, दाल्दा, अखाद्यय वस्तु, जनावरको बोसो पनि लुकिछिपी प्रयोग गर्नुले व्यापारी मोटाउने तर जनस्वास्थ्यमा खेलवाड हुने गरेको छ । राजमार्गहरुमा यात्रुहरुलाई विकल्प नै नहुने ठाउँमा लगी गाडी रोकेर दोब्बर मूल्य तिराई गुणस्तरहीन खानाखाजा खान विवश पारिन्छ । सवारीसाधन चालक र होटल रेष्टुरेण्ट व्यवसायीको मिलेमतोमा यात्रुहरुलाई अन्य ठाउँमा जाने विकल्प नदिई गुणस्तर हिन खाघ वस्तु खान बाध्य पारिन्छ ।

महोत्सव र कार्यक्रमहरुमा सस्तोको नाउँमा गुणस्तर हिन, सिलप्याक भएका आकर्षक तरिकाले प्याकिङ गरिएका मिसावट युक्त सामग्रीहरु बिक्रि गरिन्छन् तर पनि सम्बिन्धत बिक्रेता, उत्पादक, वितरकलाई उपभोक्ताको स्वास्थ्य र सम्पत्तिका दृष्टिकोणले दण्ड सजाय, कारवाही हुदैँन । यदि जनगुनासोमा भई अनुगमन भइहाले पनि आलेटाले गरी छाडिन्छ । यसरी सहजरुपमा पाइने सस्ता सामग्रीहरुमा जनआँखा पुग्ने गर्दछन् तिनै सामग्रीहरुबाट जनस्वास्थ्यमा बढी खेलबाट हुने गरेको छ।

कोरोना भाइरसको त्रासका कारण सरकारले चैत ११ बाट नियन्त्रणका लागि लकडाउन सुरु ग¥यो । यस विषम परिस्थितिमा खाद्यवस्तुको मूल्यवृद्धि देखि कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति, गुणस्तर हिन र मिति सकिएका खाघ सामग्रीको विक्रि पटक पटक दोहोरिए । व्यवसायीले नैतिकता गुमाउँदा ग्यास, औषधी, पन्जा, र मास्क, थर्मल–गनलगायत सर्जिकल सामग्री पाइएन भनी उपभोक्ताको गुनासो ज्यादा भएपनि गुनासोलाई सम्बोधन गर्न प्रभावकारी अनुगमनमा भएन ।

उपभोक्ता हितविपरीत अखाद्य सामग्री बिक्री गर्ने, मिति गुज्रिएको सामान बिक्री गर्ने, एमआरपीभन्दा बढी मूल्य असुल्ने, लेबल मेटाएर अर्को मनपरी लेबल राखेर सामान बिक्री गर्ने, साना पसल देखि मध्यम र ठूला फर्मको उजुरीलाई सम्बोधन गर्न अनुगमन गर्नु पर्ने माग पटक पटक भएपछि अनुगमन टोली पुगेर अनुगमनका क्रममा धेरै व्यवसायीको कैफियत फेला पा¥यो । फलस्वरुप लकडाउन अवधिमा लाखौँ जरिवाना उठेको छ । अहिले सबै क्षेत्रमा अनुगमन गर्नुपर्ने स्थिति आएकोले पशुसेवा विभाग, औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आयल निगमसँगको समन्वयमा अनुगमन अघि बढाइएको छ ।

अहिले हामी र हाम्रा कलिला बालबालिकाहरुले प्रयोग गर्ने जङ्फुडलाई तत्काल फाइदा वा सकरात्मक रुपमा लिने गरेपनि जड्ढफुडमा पाइने विभिन्न मसलाहरु, तिनमा प्रयोग गर्ने तेल, रसायन, बनाउने विधि, प्रक्रिया आदिले गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष एंव अप्रत्यक्ष प्रभाव पार्दै आएको छ । जङ्फुडबाट आमासय, आन्द«ामा समस्या पैदा भएको छ र अपच, ग्याष्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्मको समस्या बढ्दै गएको छ । जड्ढफुड अन्तगर्त माडा, चटपट, पानीपुरी, दहीपुरी आदि लगायतका सामग्रीमा रङ्गको प्रयोग हुने रासायनिक पर्दाथको कारण रक्तक्यान्सरको समस्या देखिएको छ भने अरुचि, ग्याष्ट्रिक बढ्न गएको पाइन्छ । बजारमा पाइने मिठाइहरुमा प्रयोग हुने रङ्ग र (क्यामिकल) रसायनले दाँतको इनामेल हटाउने भएकोले कलिला बालबालिकाहरुमा दाँतको समस्या बढ्दै गएको छ ।

चाउचाउको बढी प्रयोग गर्ने तर पानी कम पिउनाले आमासय, आन्दाहरुको समस्यासँगै टाउको दुख्ने, ग्याष्ट्रिक बढ्ने, अपच हुने समस्याहरु थपिदै गएको छन । जसले गर्दा बालबाकिाहरु बढी बिरामी हुने, पढाइलाई नियमिता दिन नसक्ने समस्या बढ्दै गएको छन । मसलादार वस्तुहरुको प्रयोगले गर्दा प्रेसर, सुगर,ग्याष्ट्रिक, अल्सर, पेट तथा आमाशयको क्यान्सर एंव अपच, झाडापखाला, कलेजो सम्बन्धी रोग, पाइल्स रक्त अल्पता आदि रोगहरु बढ्दै गएका छन् । जड्ढफुडमा प्रयोग हुने रासायनिक तत्वका कारण बालबालिकाको दिमाग बोधो बनाएको तथ्यपनि विभिन्न अध्ययनले स्पष्ट पारेका छन् ।

खर्चिला सामानहरु भएकोले सबैको सहज पहुँच नहुनु त छदै छ यस सँस्कृतिले जीवन खर्चिलो व्यवहारमा वृद्धि गराएको छ । जड्ढफुडले मानव जीवनमा मात्र नभइ वातावरणमा समेत समस्या पारेका छन् जस्तै ¥यापार, बोटल,टीन,प्लाष्टिक खोल, आदिको उचित व्यवस्थापन नहुँदा वातावरण अस्वच्छ हुन गएको छ । जड्ढफुडको संस्कारले गर्दा नेपाली खाना, पर्यटकीय जनजीवन, स्थानीय परिकार आदिमा ह्राससँगै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्दै आएको छ । मानिसले आवश्यकता बाध्यता, मनोरञ्जन जेजस्तो परिस्थिति, अवस्थामा जड्ढफुड प्रयोग गरेतापनि स्वास्थ्य र वातावरणका लागि तिनले पु¥याउने प्रभाव सकरात्मकको तुलनामा नकरात्मक धेरै हुने गरेको पाइन्छ ।

गाउँ नै गाउँले भरिएको नेपालमा पाइने मौसमी फलफूल, खाद्यसामग्री, तरकारी, जडीबुटी आदिमा भिटामिन, मिनरल, फ्याट, कार्बोहाइडेट, क्यालसियम, प्रोटिन सरल र सहज प्राप्त गर्न सकिन्छ तर यी सामग्रीहरु खानका लागि राज्य र जनस्तरबाट प्रेरित गरिदैन् । तर अखाध्य बस्तुहरु मिसाइएका चाउचाउ, बिस्कुट, माडा,कुरकुुुरे, लेज, जेरी, रसबरी, समोसा आदिको आकर्षक ढङ्गले विज्ञापन गरिन्छ र उपभोक्तालाई आकर्षित गरिन्छ । यस्तै बजारमा सजाएर आकर्षक ढङ्गले राखिएका रङ्गीचङ्गी मिठाइहरु, ललिपपहरु, ससेज आदि सबैले किनेर प्रयोग गर्ने गर्दछन् । तर ती सामग्रीहरु कहाँ बन्छन् ? कसरी बन्छन् ? कसले बनाउँछन् ? निर्माण स्थलको वातावरण कस्तो छ ? आदिमा कसैले ध्यान दिइदैन त्यसैले गर्दा आज जनस्वास्थ्यमा तीव्र नकरात्मक प्रभाव पर्दै गइरहेको छ ।

‘बोल्नेको पिठो विक्छ नवोल्नेको चामल पनि विक्दैन्’ भन्ने नेपाली उखान अहिले सार्थक भएको छ । यसैले अहिलेको बजार प्रचार प्रसार र विज्ञापनका कारण प्रभावित छ । हाम्रा गाँउघरमा पाइने स्थानीय उत्पादन जस्तै तरकारी, फलफूल, खाद्य सामग्री जडीबुटी लगायतको विज्ञापन हुँदैनन् । जुन स्वास्थ्य, खर्च र वातावरणको दृष्टिले हितकार छन् तर हामी आयातित रसायन युक्त वस्तु तथा साम्रगी किन्न लालायीत हुन्छौँ । हामीलाई बोध हुन जरुरी छ कि राम्रा सामाग्रीहरुलाई विज्ञापन गर्न पर्दछ वा पर्दैन ?

हाम्रा पूर्वजहरुले प्रयोग गर्ने खाद्य सामग्रीहरु स्वस्थ्य, रासायनिक पदार्थरहित हुने गरेकाले उनीहरु लामो समय बाँच्न सफल भएको पाइन्छ । यस्तै सुत्केरी हुँदा सुत्केरी महिलालाई ज्वानो खुवाउने गरेको पाइन्छ जुन क्यालसियमको प्रमुख जसबाट राम्रोसँग दुध आउने आमा र बच्चा दुवै स्वस्थ हुने गर्दथे । तर अहिले ज्वानो खुवाउन भन्दा क्यालसियमको कमि हुँदा हर्लिस खुँवाइन्छ । घरगाउँमा पाइने भट्टमास, गुद्रुक, मुुसुरो, आलस, तील आदिलाई खोजिदैन तुरुन्तै क्यालसियम चक्की, बट्टाको प्रोटिन, भिटामिन डीको चक्की किनेर खुवाइन्छ ।

अझ अनौठो कुरा सिधा घामबाट प्राप्त गर्न सकिने भिटामिन डी पनि चक्कीबाट प्राप्त गर्नु पर्ने अवस्था हुनुले हामीमा स्वास्थ्य सम्बन्धि सचेतना कति छ भन्ने स्पष्ट हुनु जरुरी छ । भिटामीन डी घामबाट पाइने हुँदा नेपालमा यसलाई किनेर खानु भनेको गरिवी झनै बढाउनु हो । डाँडापाखा घरवरिपरी काम गर्दा अर्थात घरको छत, आँगनमा दैनिक आधा घण्टा घाममा बसेमा निःशुल्क भिटामिन डी पाइन्छ । अहिले कोभिड–१९ संक्रमण रोक्ने कुनै क्रिम नलगाई कम्तीमा १० देखि १५ मिनेटसम्म घामको प्रकाश लिन सुझाव दिनुले पनि यसको महत्व स्पष्ट हुन्छ ।

‘बोल्नेको पिठो विक्छ नवोल्नेको चामल पनि विक्दैन्’ भन्ने नेपाली उखान अहिले सार्थक भएको छ । यसैले अहिलेको बजार प्रचार प्रसार र विज्ञापनका कारण प्रभावित छ । हाम्रा गाँउघरमा पाइने स्थानीय उत्पादन जस्तै तरकारी, फलफूल, खाद्य सामग्री जडीबुटी लगायतको विज्ञापन हुँदैनन् । जुन स्वास्थ्य, खर्च र वातावरणको दृष्टिले हितकार छन् तर हामी आयातित रसायन युक्त वस्तु तथा साम्रगी किन्न लालायीत हुन्छौँ । हामीलाई बोध हुन जरुरी छ कि राम्रा सामाग्रीहरुलाई विज्ञापन गर्न पर्दछ वा पर्दैन ?

विज्ञापन गरिएका वस्तु तथा साम्रगी तुलनात्मक रुपमा महँगा किन हुने गर्दछन । यदि गुणस्तरीय साम्रगी भए उपभोक्तहरुले नै खोजी खोजी प्रयोग गर्न हुँदा गुणस्तरीय ब्राण्डका सामानहरु बनाउन र निर्माण गर्न सकेको खण्डमा विज्ञापन जरुरी नहुने देखिन्छ ।

आजका यूवायूवती मात्र होइन सबै वृद्धवृद्धा, बालबालिका जड्ढफुडको मारमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा पर्नुमा मिडियाहरुमा आउने आकर्षक विज्ञापन हुन् । विज्ञापनहरुमा चाउचाउ, बिस्कुट, लेज, कुकिच, चिजवल्स, दालमोठ, कुरकुरे, हर्लिक्स, ट्याङ्ग, चटपट, आइसक्रिम, माडाहरुका साथै होटेल रेष्टुरामा बन्ने खाद्यय सामग्री चाउमीन, मम, छोइला, कचिला, थुप्पा, पिजा आदिको प्रचार प्रसार गरेको पाइन्छ । ती विज्ञापनहरुमा यस्ता जड्ढफुडको प्रयोगबाट बलियो भएको, शरिर मजबुत भएको, दिमाग तिखो भएको, स्वच्छ शरीर भएको, वजन बढेको, उचाइ बढेको, घरपरिवार खुशी भएको तथा माया प्रेम समेत गासिएका मनमोहन उदाहरण दिएर आकर्षण गरिन्छ ।

तर गाउँघरमा उत्पादन हुने मकै, भटट्मास, खट्टे, बदाम, गुन्द«ुक, ज्वानो, आलस, तिल, मेथी, हरियासागसब्जी, चना, केराउ, गहँु आदिका विज्ञापन यदाकदा बाहेक बन्दैनन्, बज्दैनन् र टेलिभिजनमा देखाइदैनन् । यसकारण स्थानीय उत्पादनमा ह्रास मात्रै होइन् गरिबी बढ्दै गएको छ घरमा बनाइने मकै, रोटी, भटमास, खट्टे, बदाम, गुन्द्रुक, ज्वानो, आलस, तिल, मेथी, हरियासागसब्जी, चना,केराउ, गहँु छाडेर चाउचाउ, मम, चाउमीन, छोइला, कचिला, थुप्पा, पिजा आदि खाने चलनले स्वास्थ्य बिग्रने, व्यवहार बिग्रने, गरिबिले युवा पलाएन बढ्ने, प्राप्त रेमिटान्स पनि उत्पादन मुलक काम र क्षेत्रमा भन्दा खान र लगाउन विलासिताका सामग्री किन्नमा सकिने गरेको विभिन्न अध्ययनले स्पष्ट पारेका छन् ।

त्यसैले सरकारी, गैरसरकारी संघसंस्था, सरोकारवालाबाट स्थानीय उत्पादनलाई बढ्वा दिने गरी स्थानीय वस्तुको प्रचारप्रसार गर्न सकेमा जड्ढफुडले पारेका प्रभाव क्रमश कम हुँदै जाने छन् । यसको लागि अहिले अभिभावक र विद्यालय सचेत भएर यसतर्फ जड्ढफुड मुक्त क्षेत्रको रुपमा घर र विद्यालयलाई उभ्याउन सकेमा जड्ढफुडबाट हुने शारीरिक र वातावरणीय हानीलाई कम गर्न सकिने देखिन्छ । यसका लागि उद्योगी, व्यापारी, राज्य संयन्त्र बिचको आपसी सहयोग, एकता सहमति पनि अपरिहार्य छ । बजार अनुगमन, उपभोक्ता सचेतना कार्यक्रम, नापतौल गुणस्तर मापन विभाग एंव सम्बन्धित निकायहरुले अब ढिला नगरी प्रभावकारी योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।

जीवन अमूल्य छ । हामीले अहिले गरेको सानो गल्तीले गर्दा जीवनभर पश्चतापमा पर्नु पर्दछ । समयमा स्वास्थ्य सुरक्षा सम्बन्धमा ध्यान नदिदा अनेकौँ समस्याहरु हुने गरेका छन् । सचेत नागरिकको बसोबास र उनीहरुको बोलवाला सम्पन्नशाली क्षेत्रमा विज्ञापन र जड्ढफुडको बढी प्रयोग हुने गरेका छन् । यसबाट शारीरिक र वातावरणीय समस्याहरु पनि दिन प्रतिदिन थपिदै गएका छन् ।

भनिन्छ असाक्षर ग्रामीण भेगमा अज्ञानताले जड्ढफुड प्रयोग हुन्छ यद्यपि शिक्षित, सुझवुझका धनी शहरी क्षेत्रका मानिसले जड्ढफुडको प्रयोग गर्नु बाध्यता ठान्ने गरेको पाइन्छ । अत : बाध्यता र रहर बीचको यर्थाथता आफ्नो ठाउँमा भएपनि स्वास्थ्य समस्या सृजना हुने यर्थाथताको पहिचान गरी यदि यसको प्रयोग र व्यवस्थापन सही ढंगले नसकेको खण्डमा कसैले जीवनलाई सुखी, खुशी र समस्या रहित बनाउन सकिने देखिदैन ।

त्यसैले स्वच्छ वातावरण, सन्तुलित खानपान, स्वस्थ जीवनका लागि अहिलको बिषम अवस्थामा परम्परागत औषधिको प्रयोगसँगै नियमित व्यायामसगै आत्मवल बढाएर नियमित सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, मरिच, टिमुर, अदुवा, बेसार र गुर्जो खाएर सरसफाईमा ध्यान दिन सके कोरोना भाइरसबाट अमूल्य जीवन बचाउन सकिन्छ । प्रकृतिले दिएका हजारौं किसिमका जडिबुटी र औषधीजन्य बोटबिरुवाहरु यो संकटमा हामीले समुचित प्रयोग गर्नुपर्ने समय अत्यन्त आवश्यक छ । जन्मदिन मनाउँदा हजारौ खर्च गर्नुभन्दा उक्त अवसरमा स्वास्थ्य परिक्षण गर्ने बानीको विकास गर्न सके हामी निरोगी रहन सक्दछौ ।

वर्तमान समयमा अभावमा मोलिएको जीवनभन्दा सुखले रमाएको जीवन अस्वच्छ देखिएकोले काँचा परिकार, फलफूल, सागसब्जी नखाई पाकेका रेडीमेड जड्ढफुड खानाले एपेन्डिसको समस्या पनि बढ्दै गएको छ । खुशी सुखी जीवन बिताउन खोज्ने पुगीसरी आएका मानिसहरु दिनहुँ रोगी बन्दै आएको पाइन्छ । चपाउने खाना भन्दा, सजह निल्न सकिने खाना खादा दाँत वेकम्मा भएर दाँतका रोगी थपिदै गएका छन् ।

दुध, दही, मही, घिउको प्रयोग भन्दा तत्काल प्रतिक्रिया दिने चिसो पेय पदार्थ र रक्सीका आइटमले गर्दा मानिसहरु थप रोगी बन्दै गएका छन् ।
खानपान र शानले जीवनलाई जटिल बनाउदै लगेको छ । कतिपय मानिसलाई त स्वच्छ हुँदासम्म गरिबीले खाने वस्तु वा चिजको अभावले खान नपाएको र सबै चिज खान पाउने आर्थिक सम्पन्नता भएको वखत रोगले गर्दा रोजेर खानु पर्ने अवस्था सृजना भएको छ ।

नियमित स्वास्थ्य परिक्षण, प्रशस्त पानी पिउने, नियमित व्यायाम गर्ने, स्वास्थ्य र वातावरणीय सरसफाई, सन्तुलित खाना खाने गरेमा हामी स्वच्छ रहन सकिन्छ । त्यसैले आकर्षक विज्ञापनका पछाडि लागेर जङ्फुड खानुको सट्टा घरायसी खानामा जोड दिनु जरुरी छ । यी सबै दृष्टान्त आत्मसाथ गरी शारीरिक, मानसिक, बौद्धिक र मनोवैज्ञानिक रुपमा स्वच्छ बनौं र बनाऔं ।

सरकारले अहिले तत्काल अनलाइन व्यापारमा नियमनको खाँचो रहेको छ, अनलाइन व्यापारका लागि कानुन नै नभएकोले व्यवसायलाई अबिलम्ब कानुनी दायरामा ल्याउन जरुरी छ । अहिले पनि अत्यावश्यक वस्तुको सूची तयार गर्ने र बजारको तह तथा मूल्य निर्धारण बनाउने काम प्रभावकारी ढंगले भइरहेको छैन ।

यसैले मन्त्रालय र प्रशासनबाट पनि अब सांकेतिक अनुगमन मात्र अनुगमन नगरी नियमित प्रभावकारी बजार अनुगमनसँगै आपूर्ति व्यवस्था सहज बनाउन, पर्याप्त भण्डारण राख्न र सहज तथा सुलभ मूल्यमा वस्तु उपलब्ध गराउन, उपभोक्ता हितविपरीत काम गर्ने, कसुर गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएर जरिवाना गरिनु पर्दछ । अनुगमन एक वर्षमा आउँछ, त्यसैले जरिवाना तिरेको रकमको साँवा र व्याजसमेत उठाउने गरी व्यापार गर्नुपर्छ भन्ने सोचको अबिलम्ब अन्त्य हुनु पर्दछ ।

‍(पन्त धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा समाजशास्त्र र मानवशास्त्र विभागको प्राध्यापक हुन्।)

भदौ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्