कोरोना सम्बन्धी अफवाह अनि वास्तविक तथ्य

कोरोना भाइरस विश्वव्यापी  रुपमा फैलिरहेको हुँदा सबैमा त्रास अनि तथ्य  बिनाका हल्ला तथा अफवाहले मानसिक रुपमा नकारात्मक कुराले डेरा जमाएको देख्न सकिन्छ । तर के यी सत्य हुन् ? के येस्ता भनाइमा अलिकति पनि  वास्तविकता  छ ? के हामीले तथ्य  भन्दा पनि गलत दाबीको विश्वास गर्नु आवश्यक छ ? उपयुक्त छ?

पक्कै पनि हामीले यस सम्बन्धी तथ्य वास्तविकता पछ्याउन  जरुरी छ । यस्ता तथ्य  अनि वास्तविकता बिहीन हल्लाहरुका बारेमा पनि जान्न बुझ्न आवश्यक छ किनभने यसले  मनोवैज्ञानिक रुपमा नकारात्मक असर  पार्न सक्छ  । यसका कारण  तथ्य  यथार्थ   बिलाउन पनि धेरै बेर लाग्दैन। तसर्थ  अब जानि राखौँ दशवटा कोरोना सम्बन्धी अफवाह र त्यसका वास्तविक तथ्यहरु;

१.मास्क कोरोना सङ्क्रमणबाट जोगिन सधैँ  मदत  गर्छ ।

यसको कुनै पनि प्रमाण पुष्टि  छैन की यसले पूर्ण रुपमा कोरोना सङ्क्रमणबाट बचाउँछ । डिस्पोजेबल र कपडाको मास्कले स-साना थोपा (ड्रप्लेट्स्) बाट बचाएता पनि यसले एरोसोलाइज्ड कण अर्थात हावामा छरिएका कणहरुबाट पूर्ण रुपमा जोगाउन सक्दैन।

यद्यपि  सर्जिकल मास्क , N-95 मास्कबाट बढी सुरक्षा चाहिँ हुने गर्छ। मास्कको प्रयोग सङ्क्रमित व्यक्तिले आफ्नो डप्लेट्स नसार्न र असङ्क्रमितले प्रत्यक्ष रुपमा यो भाइरसले गर्ने आक्रमणबाट केही हदसम्म रोक्न सक्छ।

२.कम उमेरका व्यक्ति  तथा युवाहरुलाइ कोरोना लाग्दैन ।

कोरोना सङ्क्रमणको सम्भावना कुनै पनि उमेरका व्यक्तिलाई  हुन सक्छ । WHO (World Health Organization) का  अनूसार  कोरोना  कुनै पनि उमेरमा लाग्न सक्दछ । शरीरको प्रतिरक्षा  गर्ने क्षमता कम भएकोलाई र पहिलेदेखि रोग लागेकालाई यसले गम्भीर रूपमा आक्रमण  गर्दछ ।

प्रारम्भिक प्रमाणका अनुसार बच्चालाई कोरोना सङ्क्रमण हुने संभावना अरु उमेरकालाई हुने जतिको नै रहन्छ । बच्चादेखि युवा अर्थात सबै  उमेरकाहरु कोरोनाको चापमा परेर ज्यान गुमाइरहेको हामीले दिनहुँ जसो सुनिरहेका छौँ। तसर्थ कोरोनाबाट म बचिहाल्छु मलाई केही पनि हुन्न भन्नुभन्दा सतर्कतामा कुनै पनि कमी राख्नु गलत मानसिकता हो।

३.कोरोना उच्च तापक्रम ,गर्मी अनि आद्रता पूर्ण जलवायुमा लाग्दैन ।

यो अफवाहमा कुनै पनि प्रमाण ,पुष्टि र वास्तविकता छैन। धेरैलाई यसको ज्ञान भइसक्यो की यो जहाँ जस्तो ठाउमा बसेका  व्यक्तिलाई सजिलै सँग लाग्न सक्दछ । अहिले त पूर्व , पश्चिम, उत्तर, दक्षिण  जताततै यो भाइरसले विकराल  रूप लिएको देख्न सकिन्छ।

४.कोरोना भाइरसको जन्म चीनको  एउटा प्रयोगशालामा भएको र यसको उत्पत्ति सुप खाँदा भएको हो। सामाजिक  संजालभरि जताततै  यसको अफवाह चलेको हामी सबैलाई अवगत नै छ तर यसको पुष्टि  भने आजसम्म औपचारिक  रुपमा भैसकको छैन।

विज्ञका   अनुसार यो भाइरसको उत्पत्ति pangolins अर्थात सालकबाट मानिसमा पुगेको हो र यो प्राकृतिक विकास हुने क्रमको नतिजा हो। यद्यपि  वैज्ञानिकहरुको दाबी छ की यस भाइरसको जन्म जनावरबाट नै भएको हो।

५.यो गलत हो की कम्तीमा पनि २०-२५ मिनेट कोरोना सङ्क्रमितको नजिक रहेमा यो सर्न सक्दछ। जति धेरै समय नजिक रह्यो कोरोना सङ्क्रमण हुने तीव्रता उति नै  धेरै हुने गर्दछ तर यथार्थको कुरा गर्दा १० मिनेट भित्रै पनि यो सजिलै सँग सर्न सक्दछ र यो थोरै समयमा सङ्क्रमण हुदैन भन्ने अपवाह गलत हो।

६.घरेलु औषधिले कोरोनाको रोकथाम गर्छ।

धेरै बीच यो हल्ला र विश्वास  छ की भिटामिन सि , Essential Oil  , तोरीको तेल , सिल्भर  कोलोइड , अदुवा , लसुन , कागति , जडीबुटी , पानी सेवन आदिले कोरोना रोक्छ तर यसको पुष्टि आजसम्म भएको भने छैन । स्वास्थ्य राम्रो पार्न भने यसको  भूमिका रहेता पनि विशेष  गरेर कोरोना निको कुनै पनि घरेलु सामग्रीले गर्न सक्ने भनेर कतैपनि पुष्टि भएको छैन र वैज्ञानिकहरुले यो भनाइ  लाइ नकारिरहेका छन।

७. Antibiotics ले कोरोनाको उपचार गर्दछ।

अहिलेको मितिसम्म कोरोनाको औषधि पत्ता लागिसकेको छैन। हामीले विभिन्न  समाचारहरु सुने पनि यसको औषधि र तोकिन सकिने उपचार पुष्टि  भएको छैन। धेरै बीच यो बुझाइ छ की  antibiotics ले  कोरोना निको पार्छ तर यो सरासर गलत हो। Antibiotics ले bacteria  विरुद्ध  काम गर्दछ , भाइरस बिरुद्ध  होइन।तर पनि हामी भर्ना भयौं  भने antibiotics  खान  सक्छौँ  किनभने यो रोगका कारण हामिलाइ bacteria को  पनि कोसङ्क्रमण हुन सक्दछ। तर खाए निको भैहाल्छ भन्ने भनाइ गलत हो।

८. कोरोनाको सङ्क्रमण भएँ बच्ने सम्भावना न्यून  रहन्छ।

यो अफवाहले सबै बीच नकारात्मक मनोवैज्ञानिक  असर पारेको छ। तर यसको वास्तविता भने यसबाट निको हुने सम्भावना धेरै  हुन्छ। ८० प्रतिशत भन्दा बढी निको पनि भइसकेका छन। सङ्क्रमित भए मरिहालिन्छ भन्ने सोचाइ गलत हो।

अझ उच्च सकारात्मक मनोवल राखे हामी यस रोगबाट चाँडै उन्मुख हुन सक्छौँ  र यो किसिमको सोचाइले गर्दा त्रास र नकारात्मक अपवाह जताततै फैलिएको देखिन्छ। निको भइन्छ र म हौसला कायम राक्छु र सङ्क्रमितलाई पनि हौसला दिन्छु भन्ने भावना र मानसिकता  अहिले एकदमै जरुरी छ।

९. मादक पदार्थ  सेवनले कोरोना सङ्क्रमण हुने जोखिम घटाउँछ।

यसले छाला disinfectant गरेता पनि शरीर भित्र भने त्यसरी काम गर्दैन। अझ यसको धेरै सेवनले शरीरको प्रतिरक्षा गर्ने क्षमता घट्छ  र रोगबाट बच्ने क्षमता पनि घटाउछ। यो एउटा  अफवाह  हो र यसलाइ  शरीरमा छर्किँदा  कोरोनाबाट बचिन्छ भन्ने हल्ला पनि एकदमै  गलत हो।यसो गर्यो भने श्लेसम झिल्ली जस्तै आँखा , मुखलाई असर  पर्न सक्छ।

१०.कोरोना भाइरस ह्यान्ड ड्रायरले मार्छ।

बजारमा चलिरहेको हल्ला  मध्ये यो पनि तथ्य बिनाको गलत हल्ला हो। ह्यान्ड  ड्रायरले कदापी कोरोना भाइरस मार्न सक्दैन। हामीले आफ्नो तर्फबाट अपनाउनु पर्ने सतर्कता  भनेको सफासँग हात धुने र त्यसलाई सफा रुमाले पोछेर तातो हेयर ड्रायर  प्रयोग गर्न सक्छौँ ।

अन्त्यमा,

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोना सम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनु हाम्रो जिम्मेवारी  हो । यस्ता कोरोना, फ्लु जस्ता रोगबाट कुनै पनि मानिस मर्नु नपरोस् र यो रोगको रोकथाम र उपचार सेवा सबै मुलिजुली अगाडि  बढ्नु आजको आवश्यकता हो ।

(प्रकृति चन्द बी एस सी एग्रीकल्चर,हिकाष्ट सातौँ सेमेस्टरकी छात्रा हुन् ।)

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्