सर्पले टोकेका बच्चालाई अस्पताल ल्याउने क्रममा मोटरसाइकल दुर्घटना‍, दुईजनाको मृत्यु

सांकेतिक तस्बिर।

नेपालगञ्ज – बाँकेमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सर्पले टोकेको बच्चालाई उपचार गर्न नेपालगञ्ज ल्याउने क्रममा शमशेरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा चेवन देवकोटा र लिलाधर खड्काको मृत्यु भएको हो ।

बाँकेको शमशेरगञ्जमा रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

तीन वर्षको लिलाधरलाई सर्पले टोकेपछि उनको उपचारका लागि मोटरसाइकलमा नेपालगञ्जतिर ल्याईँदै थियो । देवकोटाले मोटरसाइकल चलाएका थिए भने लिलाधरलाई समातेर उनकी आमा कौशिला बसेकी थिइन् । दुर्घटनामा कौशिला घाइते भएकी छन् ।

दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि ल्याउने क्रममा चालक देवकोटाको बाटोमा मृत्यु भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्पले टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको बिहान १०ः२० बजे भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

भदौ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्