काठमाडाैँ- उपत्यकामा कोरोनाको त्रास बढिरहँदा किसानी र मजदूरी गरेर खाने वर्गलाई भने नराम्ररी पिरोलेको छ।

निषेधाज्ञाको समय भए भने आइतबार रिङरोड क्षेत्रमा केही सवारीको चहलपहल देखिएको छ भने मजदुरहरू डोको र नाम्लो लिएर काम गर्न निस्किएका छन्।

कोही मोटरसाइकलमा पछाडि सामान राखेर गन्तव्यमा गइरहेका छन् भने कोही भने बास्केटमा सामान बोकेर हिँडिरहेका छन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरू: