इंग्ल्याण्डमाथि पाकिस्तानले दर्ता गर्यो पाँच रनको रोमाञ्चक जित

तेस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई पाँच रनले पराजित गरेको छ । तीन ट्वेन्टी–ट्वेन्टीको शृङ्खलामा पाकिस्तानले यो जितसँगै १–१ को बराबरी गरेको छ ।
१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि अन्तिम दुई बलमा जितका लागि १२ रन चाहिएको थियो । टम करेनले छक्का प्रहार गरे ।
अन्तिम बलबाट इंग्ल्याण्डका लागि जित पुनः छक्का नै चाहिएको थियो । तर ह्यारिस राउफले त्यो अधितम आश पूरा गर्न सकेनन् ।
इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १८५ रन बनाउन सक्यो र पहिलो ब्याटिङ्ग गरी १९० रन बनाएको पाकिस्तान पाँच रनले विजयी भयो ।
पाकिस्तानले चार विकेटको क्षतिमा १९० रनको आँकडा तयार पारेको थियो । उसका लागि मोहम्मद हाफीजले ८६ तथा हैदर अलिले ५४ रनको योगदान दिए ।