फेरि बढ्यो पेट्रोलको मूल्य

फाइल तस्बिर
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको भाउ पुनः बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाएको हो।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ पुगेको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य बढाए पनि डिजल तथा मट्टितेलको भाउ भने यथावत नै रहेको छ। हाल डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ रहेको छ।
निगमले गत साउन ३२ गते पेट्रोल र डिजलको मूल्य वृद्धि गरेको थियो। त्यसकाे १५ दिनमा अघि पनि निगमले दुई रुपैयाँ बढाएको थियो।