ज्यान जोखिममा राखेर जीर्ण काठेपुल तर्न बाध्य गोठालाहरु

सिमकोट-चुवा खोला क्षेत्रमा पशुपालन गर्दै आएका गोठालाहरु ज्यान जोखिममा राखेर काठेपुल तर्न बाध्य भएका छन्।

कर्णाली नदीको सहायक दोजाम कर्णालीमा आवश्यक ठाउँमा झोलुङ्गे पुलको ब्यबस्था नहुँदा बाध्य भएर गोठानादेखि बटुवाहरु बाध्य भएर जिर्ण काठेपुल तर्न बाध्य भएका हुन।

पशुपालनका लागि खर्कमा रहदै आएको बुवाआमालाई रासन पानी पुर्याउन गएका सिमकोट गाउँपालिका वडा नम्बर-१ का नरेन्द्र लामाले नदीमाथि बनेका जीर्ण काठेपुलमा त्रासका बाबजुद तर्नु परेको बताए।

उनले भने,’दोजाम गाउँदेखि लाचार्मसम्म सानोठुलो गरी आधा दर्जनभन्दा बढी नदीमा लगाइएकको पुल जीर्ण भइसकेको छ। काठेपुल तर्नु निक्कै जोखिम छ।’

नदीमा पानीको बहाब बढ्दा बर्षेनी रुपमा काठेपुल बग्ने गर्छन्। अर्को बर्ष फेरी खर्कालु र स्थानीय मिलेर तीनै काठेपुन निर्माण गरिन्छ। खर्कालुहरु अधिकाँस बुढाबढी हुने भएको कारण पनि उनीहरुलाई तीन काठेपुल तर्न निक्कै कठिन छ।

यस्तै खर्कालु पेमाबुटी लामाले भने त्रास र डर जति भएपनि त्यही काठेपुल तर्नुको अन्य कुनै बिकल्प नभएको बताइन्। उनले भनिन्, ‘यो सिजन झनै खर्क सार्ने समय भएकोले पुल तर्नैपर्छ।एकातिर कोरोना कहर, अर्कोतिर अधिकांश विद्यार्थीहरु पनि खर्कमै बस्दै आएका छन्। जिर्ण काठेपुलमा पशुबस्तु पनि तार्नु पर्छ। जुन निक्कै जोखिम छ ।’

यसका साथै कतिपय ठुला पशुवस्तु त काठेपुल तर्न अप्ठ्यारो भएपनि बिचबाटै नदीमा हाम फालेर बेपत्ता हुने गरेको स्थानीयको गुनासो छ।

भदौ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्