त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन थाले नियमित जहाज (तस्बिरहरु)

काठमाडाैँ- चैतदेखि नै नियमित उडान रोकिएको अन्तर्राष्ट्रिय उडान मंगलबार बेलुकादेखि केही देशका लागि सञ्चालनमा आएको छ।

कोरोनाको महामारी कायमै रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सावधानीका सबै उपायहरु अपनाएर उडान सुरू गरेको हो।  तर विमानस्थलले भने केही सीमित मात्रै नियमित उडान सुरू गरेको जनाएको छ।

विमानस्थलका अनुसार नियम उडान हुनेहरूमा कुवेत, जापान र दुवइ रहेका छन् भने केही देशमा चार्टर्ड उडान भइरहेको छ। त्यसमध्ये कुवेतका लागि मालिन्दो एयरलाइन्स, जापानका लागि नेपाल एयरलाइन्स र दुवईका लागि फ्लाइ दुबईले नियमित उडान गर्नेछन् भने माल्दिभ्सका लागि बुधबार हिमालयन एयरलाइन्सले चाटर्ड उडान गर्नेछ।

नियमित उडान सुरु भएका देशबाट नेपाल फर्कन चाहने नेपाली, कूटनीतिक नियोगका कर्मचारी, गैरआवासीय नेपालीले पछिल्लो ७२ घण्टामा परीक्षण गरेर आएको पीसीआर नेगेटिभ रिपोर्ट टिकट काट्दा पेश गर्नु पर्ने व्यवस्था छ।

उडानबाट आउनेहरुलाई सेनाले स्क्रिनिङ गरेरमात्र क्वारेन्टाइनमा पठाउने पनि एक सैनिक अधिकारीले जानकारी दिए।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरू:

भदौ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्