बुसान एपीएममा छनाैट भयो रामकृष्णको ‘रिभर इन दि मिरर’

बुसान एपीएममा छनाैट भयो रामकृष्णको ‘रिभर इन दि मिरर’
+
-

कोरियामा आयोजना हुने यो वर्षको बुसान ईन्टरनेसनल फिल्म फेस्टिभल २०२० मा रामकृष्ण पोख्रेलको ‘रिभर इन द मिरर’ एसियन प्रोजेक्ट मार्केट(एपीएम) मा छनाैट भएको छ।

आफ्नी ८१ वर्षे हजुरआमा सँग कटुता पूर्ण सम्बन्ध भएको १० वर्षे बालक बदला स्वरूप उनलाई अझ दु:ख दिन अमर बनाउने संञ्जिवनि बुटी खोज्न हिँडेको कथा चलचित्रले समेटेको छ।

भुटानका निर्देशक टासी ग्याल्क्षेन र रामकृष्ण पोख्रेलको निर्माणमा बन्न लागेको चलचित्र यो वर्ष छनाैट भएका २२ चलचित्र मध्ये एक हो।

एसियन प्रोजेक्ट मार्केट कोरियामा बर्सेनि हुने बुसान फिल्म फेस्टिभलको महत्त्वपूर्ण कार्यक्रम हो। ७ देखि १६ अक्टुबरसम्म भर्चुअल रूपमा सीमित चलचित्र कर्मीबिच यो फेस्टिभल हुने कार्य तालिका तोकिएको छ।

रामकृष्ण र ग्याल्क्षेनको सहकार्यमामा बनेको ‘दि रेड फ्यालस’ ले पनि २०१८ बुसान फेस्टिभलमा फेप्रिस्की अवार्ड जितेको थियो। उत्कृष्ट एसियन चलचित्रलाई विश्व सामु चिनाउने उद्देश्यले आयोजना हुने उक्त फेस्टिभलमा यो वर्ष नेपाल सँगै जापान, चिन, भारत, ताइवान, बङ्गलादेश, श्रीलङ्का आदि देशका चलचित्र छनाैट भएका छन्।

एसियाका फिल्म मेकरलाई लगानी कर्ता खोज्न महत्त्वपूर्ण प्लेटफर्मको रूपमा रहँदै आएको बुसान फेस्टिभल यो वर्ष भने कोभिड-१९ का कारणले प्रभावित बन्नेछ। पोख्रेलका अनुसार यो फेस्टिभल नेपाल जस्तो देशको लागी अन्तर्राष्ट्रिय चलचित्र बजारमा उपस्थिति देखाउन र युरोपमा प्रोड्युसिङ पार्टनर खोज्न महत्त्वपूर्ण हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष