कोरोना हाउगुजी मात्र रहेछ, पिसिआर परीक्षण गर्नै हुँदैन

अग्रमोर्चामा रहेर आफ्नो दायित्व निर्वाह गर्दागर्दै अन्ततः मलाई तीन साताअघि कोरोना भाइरस पोजेटिभ देखा पर्‍यो। कोभिड—१९ ले मानव सभ्यतालाई नै चुनौती दिइरहेको बेला यो महामारी मेरो घरसम्म आइपुग्यो र मैले त्यसलाई सहजै डटेरै सामना गरे।

विश्वका शक्तिशाली राष्ट्रहरु यो महामारीबाट त्रसित छन्, त्यसमा पनि हाम्रोजस्तो सीमित स्रोत र साधनमा गुज्रिरहेको मूलुकमा यो संक्रमण हुनु चानचुने कुरा थिएन। औषधी र उपचार सम्भव नभएको बेला मानवजगत नै आतंकित छ, त्यसमा स्वयम् आफैँ संक्रमित बन्दा एक किसिमको डर र त्रास उब्जिनु स्वभाविकै थियो।

मेरो घरमा डेरा गरी बस्ने एक युवकलाई पिसिआर टेस्ट गर्दा पोजेटिभ देखा परेपछि मलाई संक्रमण देखियो। कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा मेरी वृद्ध ८६ वर्षीया आमा र सपरिवार पिसिआर परीक्षण गर्ने टुङ्गोमा पुग्यौं। मलगायत मेरो १७ वर्षीय छोरा र १२ वर्षीया छोरीको रिपोर्ट पोजेटिभ आयो। वृद्ध आमा र श्रीमतीको रिपोर्ट नेगेटिभ आयो। विना लक्षण म, छोरा र छोरीमा कोरोना संक्रमण देखिएकाले होला, त्यसपछि मैले आत्मबल दरो बनाए।

करिव ७ महिनादेखि नेपालमा फैलिएको संक्रमणबाट मैले धेरै कुरा पढेर जानेको पनि थिएँ। जन्मिँदै हाम्रो शरिरमा लाखौँ भाइरस देखापर्छ र हामी त्यसको प्रतिरोध गर्दै आएका हुन्छौँ। कोरोना त्यस्तै एउटा भाइरस हो तर १ रुपैया खर्च नगरी जाती पनि हुन्छ। त्यो ज्ञान मसँग थियो।

भारतमा पद्मश्री विजेता डा के.के अग्रवालले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘यो सामान्य फ्लु हो। यसबाट मृत्यु हुनेको ज्यामिति वृद्धि अत्यन्तै न्यून छ। पिसिआर गराउनु र नगराउनुमा केही फरक पर्दैन। घरमै बसे आराम हुन्छ।’

उनले भनेका छन, ‘१ हजार संक्रमित मध्ये १ जनाको मृत्यु हुनुलाई महामारी भनिँदैन।’

भारतकै सरुवा रोग बिशेषज्ञ डा तरुण कोठारीले भनेका छन्, कोरोना लागेरै कसैको ज्यान जान्छ भने म १ लाख रुपैया नगद दिन तयार छु।’ यस्तै आत्मबल बोकेर म घरकै आइसोलेसनमा बस्ने टुंगोमा पुगेँ।

शुभचिन्तकहरुको टेलिफोन बर्सिन थाल्यो। टेलिफोनबाट जानकारी लिने शुभेच्छुकहरुको संवादले मैले कोरोना लागेको पत्तै पाइन। मेरो आत्मबल अझ दरो बन्दै गयो।

मेडिकल काउन्सिलका अध्यक्ष डा. लोचन कार्कीले मलाई थप हौसला प्रदान गर्दै भने, ‘दाइ, तपाईँलाई कुनै लक्षण देखिएन भने तपाईको इम्युनिटी पावर बढी रहेछ। केही हुन्न। बेसार पानी, कागती पानी खानुस् र घरमा १४ दिन सुरक्षित भएर बस्नुस्।’ उनी मेरा छिमेकी हुन्। डा. कार्कीकै सल्लाहमा बेसार पानीमा गुर्जो राखेर, कागती पानी खाएँ। बिहान र बेलुका गरी घरमै १ घन्टा व्यायम गरेँ।’

स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकले मलाई थप हौसला दिए। धेरै त डराएर होसियारी रहनू,आत्माबल बढाउनू भन्थे। धेरैसँग टेलिफोनमा कुरा गर्दा मेरो स्वर पनि भासिएको थियो। स्वर भासिएको छ त केही समस्या भयो कि भन्ने प्रश्न पनि गर्थे।

कोभिड—१९ ले धेरै भय जन्माएको रहेछ जनसमुदायमा। बिरामी भन्दा शुभचिन्तकहरुमा भय र त्रास मैले बढी अनुभव गरेँ। सामान्य चिनजान भा’को तर कहिले नबोलेकाले पनि स्वास्थ्य लाभको कामना गरे। मसिनो बोल्दा पनि के भयो भन्ने, ठूलो स्वरमा पनि कत्तीसँग कुरा गर्ने? १५ दिन यसैगरि बित्यो र फेरि पिसिआर टेष्ट गर्दा हामी सबैको रिपोर्ट नेगेटिभ आयो।

कोरोना भन्दा मलाई घरमा बस्दाको पिडा बढी भयो। १५ दिनदेखी एउटै कोठामा किरियापुत्री जस्तै भएर बसेँ। कसैलाई छुन नहुने, अलगै थाल, गिलासको प्रयोग। फरक यति थियो किरियापुत्री बस्दा जे पायो त्यही खान नपाइने तर संक्रमित हुँदा सबै खाने। किरियातपुत्रीलाई समवेदना प्रकट गर्न इस्टमित्र, छरछिमेक सबै आउने तर संक्रमित हुँदा छिमेकीसम्म मुन्टो बटारेर देख्नै नपरोस् जस्तो गर्ने।

कोरोना भन्दा मलाई घरमा बस्दाको पिडा बढी भयो। १५ दिनदेखी एउटै कोठामा किरियापुत्री जस्तै भएर बसेँ। कसैलाई छुन नहुने, अलगै थाल, गिलासको प्रयोग। फरक यति थियो किरियापुत्री बस्दा जे पायो त्यही खान नपाइने तर संक्रमित हुँदा सबै खाने। किरियातपुत्रीलाई समवेदना प्रकट गर्न इस्टमित्र, छरछिमेक सबै आउने तर संक्रमित हुँदा छिमेकीसम्म मुन्टो बटारेर देख्नै नपरोस् जस्तो गर्ने। सुनसान कोठाको आईसोलेसनमा बस्नु पर्दा अपराध गरेर सजाय भोगिरहेको हुँ कि भन्ने मनमा कुरा खेलाउँथेँ। घरको वरण्डामा निस्कँदा छिमेकीहरु देख्न नपरोस् भनेरै मुन्टो बटार्थे। कोरोना संक्रमितको घर भनेर किन बोर्ड नझुण्डाएको पनि भने रे। सडकमा हिँड्ने व्यक्तिले कोरोना लागेको घर हो छुन हुन्न समेत भनेछन्।

एउटा सामान्य फ्लू लाग्दैमा छिमेकीलाई अपराध सजाय भोगेर बसेजस्तै कति ठूलो प्रहार गर्‍या होला ? ठूला अपराध गर्ने खुलेआम छाती फुकाएर हिँडिरहेका छन्। छिमेकीहरु नै कोभिड—१९ बाट संक्रमित भएर अरुले यस्तै व्यवहार गर्दा उनीहरुमा कस्तो मानसिक असर पर्ला? त्यो सबैले बुझ्न जरुरी छ।

बिहान उठेपछि बडारकुँडार , लुगा धुनेदेखि भाडा मोल्ने काम गरेँ। बच्चाहरुको रेखदेख पनि मेरै काँधमा थियो। अरु बेला सिन्को नभाँच्ने मेरो बानीमा परिवर्तन आयो। खाना खाएपछि नेपाली चलचित्र हेर्थेँ र दिउसो सुतेर दिन काट्थेँ।

यो बेला हामीले होसियारी र सचेत हुनु स्वभाविकै हो । तर कोभिड—१९ संक्रमण हुँदैमा ज्यानै जान्छ भन्ने भ्रम र प्रचार जनस्तरमा व्याप्त छ, त्यो मिथ्या हो भन्ने मैले अनुभव गरेँ। म संक्रमित त भएँ रिपोर्टमा मात्र। सामान्य रुघाखोकी पनि देखिएन मलाई। सुन्दा अचम्म लाग्ला, मलाई हाच्छ्युँसम्म आएन। सघै मर्निङ्ग वाक गर्ने मेरो बानीले पनि संक्रमण नदेखिएको हुनसक्छ। चिकित्सकहरुको भनाइ छ, जति प्रोटिनयुक्त बस्तु खाइन्छ, त्यसको ५ गुणा बढी इम्युनिटी पावर हिँडडुल गर्नाले दिन्छ। बरु रुघाखोकीमा पिडा हुन्थ्यो मलाई। ३ दिन रुघाखोकीले मुड अफ हुन्थ्यो।

कोरोना संक्रमित हुँदैमा मृत्यु नहुने कुरा धेरै विद्धान र बिज्ञहरुले दावी गरिरहेका छन्। कोरोनाबाटै मृत्यु हुनेको संख्या विश्वमा शून्य दशमलव १ प्रतिशत छ। मृत्यु भएका अन्य व्यक्ति कोरोनासँगै पहिले नै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मृगौला, मुटुरोग र हाइपोथाईरोडिजम र क्यान्सरबाट ग्रसित भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले भदौ १६ गते जारी गरेको विज्ञप्तिमा समेत नेपालमा कोरोनाबाटै मृत्युहुनेको संख्या १० रहेको उल्लेख गरेको छ । युरोपेली राष्ट्रहरु मध्येको इटलीले पिसिआर परीक्षण नै बन्द गरिसकेको छ । विश्वका २२ राष्ट्रले लकडाउनै गरेनन । हाम्रै छिमेकी मूलुकहरु भुटान, मालदिभ्समा लकडाउन छैन।

मलाई के लाग्छ भने, संक्रमित भन्दा समुदायमा देखिएको त्रासले यो महामारीलाई ठूलो रुप दिएको हो। यसको कारक भनेकै पिसिआर परिक्षण हो। औषधीमूलो नभएको यो बेला पिसिआर गर्दा संक्रमित व्यक्ति मिथ्या प्रचारको तनाबकै कारण डिप्रेसनको सिकार भैरहेका छन्। डिप्रेसनकै कारण नेपालमा ३ हजार १ सय जनाले आत्महत्या गरेको नेपाल प्रहरीको पछिल्लो विवरण सार्वजनिक भैसकेको छ। पिसिआरबाट नेगेटिभ वा पोजेटिभ जे देखिएपनि घरमै बस्ने नै हो। त्यसैले परीक्षण बन्द गर्नुपर्छ र यो मानव आतंकलाई अन्त्य गनुपर्छ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो महामारीको तथ्याङ्क नै हेर्ने हो भने, संसारमा सवैभन्दा बढी ९० प्रतिशत रेबिजबाट मृत्यु हुने गरेको छ। एड्सबाट ८०, इबोलाबाट ८७, बिफरबाट ६५ , प्लेगबाट ५२ , हैजाबाट ५० , ठेउलाबाट ३०, दादुराबाट २ दशमलब ५ ,स्वाइन फ्लूबाट २ दशमलब १ र कोभिडबाट ० दशमलव १ प्रतिशत मृत्यु हुने गरेको छ ।

कोभिड —१९ अत्यन्तै कमजोर भाइरस भएकोले कति कारणले खतरनाक भयो सवैले बुझ्नु पर्ने आवश्यकता हो ।

यो महामारीलाई ढिलो चाँडो सबैले व्यहोर्नुपर्छ। डराउने रोग हैन । यो मिथ्या प्रचारमा नलागौँ। संक्रमण देखियो भने पनि यसबाट बिचलित नबनौँ।

भदौ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्