नेपालगञ्ज – बाँकेमा शुक्रबार ४० जना कोरोना संक्रमित थपिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा ३७ जना र बागेश्वरी ल्याबमा तीन जनामा कोरोना देखिएको जानकारी दिए।

उनका अनुसार, केही समयको अन्तरालमा डुडुवा गाउँपालिकामा पुनः कोरोना देखिएको छ। डुडुवा गाउँपालिका वडा नं. ५ का ५ जनामा कोरोना देखिएको हो। राष्ट्रिय बाणिज्य बैंकका ५ जनामा कोरोना देखिएको छ।

२१ जनाको जाँच गर्दा पाँच जनामा कोरोना देखिएको छ। केही दिनदेखि जिल्ला प्रहरी कार्यालयका प्रहरीमा दैनिकजसो नै संक्रमण देखा परिरहेको छ। शुक्रबार चार जना थपिएका छन्।

बाँकेमा बिहीबार ३९ जना थपिएका थिए। स्थानीय प्रशासनले आज नै निषेधाज्ञा जारी गरेको छ। उसले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

यसैबीच, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ६ जनामा कोरोना देखिएको छ। उनीहरु सबै बारबर्दिया वडा नं. ३ का हुन्।

शुक्रबार नै बाँकेमा २० जना कोरोना जितेर घर गएका छन्। जिल्लामा कोरोना संक्रमित एक हजार एक सय ७९ जना पुगेका छन्। यसमा ८ सय ३ जना डिस्चार्ज भएका छन्।

भदौ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्